युट्युबमाथि व्यङग्य‘जिरे खुर्सानी’

जितु नेपालको लेखन तथा निर्देशन रहेको टेलिसियिरल ‘जिरे खुर्सानी’को यो साताको अकंमा धेरैजसो युट्युब च्यानल खोल्ने र अन्र्तवार्ता लिने होडबाजी देखाईएको छ । त्यस्तै नजिकीदै गरेको भ्यालेनटाइनडेलाई लिएर पनि ब्यङग्य प्रहार गरिएको छ ।
‘जिरे खुर्सानी’मा राजाराम पौड्याल, शिवहरि बैरागी, सबिता गुरुङ, सुनिता गौतम, जितु नेपाल , देविराम पराजुली, सीता घिमिरे, निरज नेपाल, पूर्ण थापा, रवि डंगोल, खेम लामिछाने, सुवोध गौतम, नारायण नेपाल लगयातका कलाकारको मुख्य भूमिका छ ।
मनोज श्रेष्ठ र दिलिप बिष्टको छायाकंन रहेको यस टेलिसिरियललाई रबिन भट्ट र राजेन्द्र मानन्धरले सम्पादन गर्दै आएका छन् । मुख्य सहायक निर्देशकको रुपमा कलाकार निरज नेपालले काम गर्दै आएका छन् ।

You might also like

Comments

Loading...