‘चिया चौतारी’मा दया र स्वेता

फागुन ४ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘कान्छी’को टिम यतिबेला सिनेमाको प्रचार प्रसारमा दौडीरहेको छ । सिनेमाको बारेमा दर्शकलाई धेरै भन्दा धेरै जानकारी होस् भन्ने हेतुले सिनेमाका मुख्य कलाकार दयाहाङ राई र अभिनेत्री स्वेता खड्का विभिन्न मिडिया र कार्यक्रमहरुमा पुगिरहेका छन् ।

यहि क्रममा ‘चिया चौतारी’सम्म आईपुगेका दया र स्वेताले निकै रमाईलोसँग उपस्थिति जनाएका छन् । ‘चिया चौतारी’मा उनीहरुले सिनेमा छायाकंनको अनुभव र सिनेमामा भएका विषयवस्तुबारे जानकारी दिएका छन् । प्रदर्शन अघि सिनेमामा समावेश दुईवटा गीत र सिनेमाको ट्रेलर सार्वजनिक भईसकेको छ जसलाई दर्शकले अत्यधिक रुचाएका छन् ।

सिनेमामा समावेश गीत ‘चरि चट्ट परी’ लाई छोटो समयमै एक करोड भन्दा धेरै पटक हेरिएको छ । यो गीतको सफलताले खुशी भएकी निर्मात्री तथा अभिनेत्री स्वेता खड्काले गीतका सर्जक राजनराज सिवाकोटीलाई एउटा बाईक समेत उपहार दिईसकेकी छिन् । केही दिन अघि होटेल अन्नपूर्णमा आयोजना भएको ‘कान्छी म्युजिकल नाईट’मा उनले राजनराजलाई बाईक उपहार दिएकी हुन् ।
यो सिनेमालाई स्वेता खड्काले शैलेश खड्कासँगको सहकार्यमा निर्माण गरेकी हुन् । सिनेमामा यम थापाको कथा रहेको छ भने आकाश अधिकारीको निर्देशन ।

You might also like

Comments

Loading...