‘शेरबहादुर’लाई धोका, टिकट सबै बुक तर हल खाली

आर राजवंशीको निर्देशन रहेको सिनेमा ‘शेरबहादुर’ गत शुक्रबार प्रदर्शनमा आएको सिनेमा हो । यो सिनेमाले मेकिङका हिसाबले खुबै तारिफ बटुल्यो । चलेका र राम्रो सिनेमा बनाईरहेका निर्माता तथा निर्देशकले समेत सिनेमाको तारिफ गरेका थिए । हलिवुड सिनेमाबाट प्रभावित ‘शेरबहादुर’ले मेकिङमा जति तारिफ बटुल्यो त्यति राम्रो कारोबार भने गर्न सकेन ।

शुरुवाती दुूई दिनमा सिनेमाको कारोबार राम्रै थियो । शुक्रबार ५५ प्रतिशत अकुपेन्सी रहेको सिनेमाको शनिबार बिदा भएका कारण ८० प्रतिशत अकुपेन्सी रह्यो । तर त्यसपछि भने सिनेमाको कारोबार लगभग बन्द जस्तै हुन पुग्यो । अकस्मात सिनेमाको कारोबार बन्द हुनुको कारण थियो बिना पैसा टिकट बुकिङ ।

सिनेमा हेर्ने भन्दै फोन र अनलाईनबाट सिनेमाका टिकटहरु बुक भए तर हलमा सिनेमा हेर्न कोही पनि गएनन् । उता सिनेमा हेर्न हलसम्म पुगेका दर्शक टिकट नपाएर फर्किए जसले गर्दा सिनेमाका टिकट सबै बुक हुँदा पनि सिनेमाले हलभित्र दर्शक पाएन ।
सिनेमाका निर्माता गौरी शंकर धुजुले यो कसरी भयो र किन भयो, अनि कसले गर्यो आफूहरु पनि चकित परेको बताएका छन् । नेपाल बाहिर त्यसरी टिकट बुक गर्ने ब्यबस्थित सिस्टम छ । बुक गर्नेले बिभन्न माध्यमबाट अग्रिम भुक्तानी गरेका हुन्छन । जसका कारण कारोवारमा समस्या हुदैन र पैसा तिरेर बुक गर्नेहरु हलमा पुग्छन । तर शेरबहादुरलाई भने नक्कली बुकको मार परेको हो । यद्यपी दोस्रो सातामा रहेको सिनेमा गोपीकृष्ण, अष्टनारायण र गुण सिनेमा ग्वार्कोमा भने प्रदर्शन भईरहेको छ । सिनेमामा सुनिल थापा, मेनुका प्रधान, रविन्द्र झा, कर्मा शाक्य लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

रमाईलोको लागि यो पनि हेनुहेर्नुहोस्

You might also like

Comments

Loading...