’शत्रु गते’को टिजर हलमा

रुपै मोहनी’ र ’पिरतीको बिर्को’ बोलको गीतबाट निकै चर्चामा रहेको सिनेमा ’शत्रु गते’को टिजर हलमा रिलिज गरिएको छ । सिनेमा हेर्न हलमा जाने दर्शकले शत्रु गतेको ट्रिजर हेर्न पाउनेछन् । ’कृ’ हेर्ने दर्शकलाई ’शत्रु गते’को ट्रिजर उपहार भएको निर्माण पक्षले जनाएको छ । सिनेमाको ट्रिजर छिट्टै युट्युबमा बाट रिलिज गर्नेे निर्माण पक्षको तयारी छ । हलमा आएका दर्शकको प्रतिकृया बुझ्नको लागि अहिले ट्रिजरलाई हलमा मात्र रिलिज गरिएको निर्देशक प्रदीप भट्टराईले जानकारी दिएका छन । स्टारकास्टको कारण पनि चर्चित बनेको सिनेमा लाई प्रतिक्षित सिनेमाको रुपमा हेरिएको छ ।

डेब्यु सिनेमा ‘जात्रा’बाट नै चर्चामा आएका निर्देशक प्रदिप भट्टराईको निर्देशनमा तयार भएको शत्रु गतेमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, किरण केसी, शिवहरी पौडेल, बसुन्धरा भुसाल, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतको अभिनय रहेको छ । ’मह सञ्चार’को ब्यनारमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता किरण केसी हुन् । सिनेमामा हरिवंश आचार्यको कथा रहेको छ । निर्देशक भट्टराई र दीपकराज गिरीको पटकथा रहेको सिनेमामा निर्देशक भट्टराई र हरिवंश आचार्यको संवाद रहेको छ । दिर्घ गुरुङले खिचेको सिनेमा लाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । सिनेमा चैत्र ९ मा रिलिज हुनेछ ।

You might also like

Comments

Loading...