आजको सिनेमा ‘लालजोडी’

पिजि सर्टिफिकेट पाएको सिनेमा ‘लालजोडी’ गतवर्ष प्रदर्शनमा आएको सिनेमा हो । प्रदर्शन हुनुअघि खुबै चर्चामा रहेपनि सिनेमाले कारोबारमा त्यतिसारो सफलता भने भएन । कारोबारमा यो सिनेमा औसत रहेको थियो ।

ज्योति काफ्ले, रजनी केसी, आयुष्मा कार्की, पुरन थापा, किशोर भण्डारी, बुद्धि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको यो सिनेमामा टेलिश्रृङखला ‘भद्रगोल’बाट चर्चामा आएका कलाकार गोविन्द कोईराला उर्फ जयन्ते र मधुसुदन पाठकले समेत अभिनय गरेका छन् ।

सिनेमामा ज्योति काफ्ले शीर्ष अर्थात लालुको भूमिकामा छन् । जो माया प्रेम र पैसाको समस्यामा परेको हुन्छ । सिनेमामा टंक बुढाथोकीको संगीत र दिनेश सुवेदीको शब्द रहेको छ । सिनेमाका निर्देशक, लेखक र निर्माता लक्ष्मण सुवेदी हुन् ।
यो सिनेमा प्रदर्शन हुनुअगाडि रेखा थापाका कारण चर्चामा थियो । रेखाले सिनेमाका लागि ‘माँ कसम’ बोलको गीत गाएकी छिन् जसमा रेखा थापासँगै तुलना गरिने अभिनेत्री रजनीलाई फिचर गरिएको छ ।

You might also like

Comments

Loading...