धागो बिनाको चङगा उडाउने कर्मचारी

युट्युब च्यानल फर्सीनेटवर्कमा सातामा तीनपटक आउने कमेडि सिरिज कडा छ त ! दर्शकले रुचाएका छन् । अत्यधिक  दर्शक नपाएपनि यसलाई जतिले हेरेका छन् सबैले राम्रो भएको प्रतिकृया दिईरहेका छन् । दर्शकको सकारात्मक प्रतिकृयाका कारण नै कडा छ त ! ले ५१ एपिसोड पूरा गरेको छ ।

एउटा अफिसको कर्मचारी र हाकिमको सम्बन्ध अनि उनीहरुको विविध क्रियाकलापहरुलाई मध्यनजर गर्दै यो कमेडी वेव सिरिज तयार पारिएको हो । सन्तोष खनालको लेखन तथा निर्देशन रहेको यो कमेडि सिरिजमा हाकिमको भूमिकामा प्रभात लामा छन् भने कर्मचारीको भूमिकामा सुमन कार्की छन् ।

You might also like

Comments

Loading...