उमी (UMI) मा भ्यालेन्टाइन बिशेष

दुई महिना पहिले ललीतपुरको बखुण्डोलमा उमी (UMI) प्रा.लि ले अटोमेटीक कार वास एण्ड फाइन डाइन संञ्चालनमा ल्यायो । जहाँ जर्मनी शैलीबाट दश मिनेटमै सुपथ मूल्यमा कार धुने ब्यबस्था मिलाईको छ । त्यतिमात्र नभई कार धुन आउने हरुका लागि मिठा मिठा परिकार खाने ब्यबस्था पनि रहेको छ । गुणस्तरिय खाना र गुणस्तरिय सेवा दिने उद्देश्यका साथ उमी (UMI) अटोमेटीक कार वास एण्ड फाइन डाइन संञ्चालनमा ल्याइएको उमी (यु.एम.आई) का एफ एण्ड बी म्यानेजर सुदीप के.सीले बताए । उमी (यु.एम.आई) मा बिशेष दिनको अबसर पारेर विभिन्न कार्यक्रमको पनि आयोजना गर्ने गरिएको एफ एण्ड बी म्यानेजर के.सीले बताए । यसै अन्र्तगत नजिकिदै गरेको प्रणय दिवश अर्थात भ्यालेन्टाइन बिशेष कार्यक्रम हुने पनि हुने भएको छ । उमी (यु.एम.आई) ले यसअघि आफ्नो ग्राण्ड ओपनिङ र नयाँ वर्ष २०१८ को अबसरमा पनि बृहत कार्यक्रम गरिएको केसीले बताए ।
उमी (UMI मा भ्यालेन्टाइन बिशेष के — के कार्यक्रम हुदैछ त प्रस्तुत छ करिष्मा के.सीले उमी (UMI) का एफ एण्ड बी म्यानेजर के.सी संग गरेकोे बिजनेस गफ ।

उमी (UMI) अटोमेटीक कार वास एण्ड फाइन डाइन बिच के सम्बन्ध छ ?

यो दुबै उमी (UMI) प्रा.लि का चेयर पर्सनको प्रपटी हो यो । यसको कन्सेप्ट के हो भने जो कार धुन यहाँ आउनुहुन्छ उहाँलाई लन्च,ब्रेकफास्ट, डिनरको लागी अन्त कतै जानु नपरोस भन्ने हो ।

भ्यालेन्टाइन बिशेष के के कार्यक्रम हुदैछ ?

फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइनको अबसर पारेर हामीले स्पेशल कार्यक्रमको आयोजना गरेका छौं । जसअन्र्तगत हेमन्त शर्मा र बिन्दु परियारको साथमा क्लासिकल म्यूजिक हुनेछ भने विभिन्न ब्यान्डहरुद्धारा लाइभ म्यूजिक प्रस्तुत हुनेछ । साथै मंगोलियन खानाको स्वाद पनि लिन पाउनु हुनेछ ।

कार्यक्रममा अरु कसको सहभागिता हुनेछ ?

एकसय पचास भन्दा बढी सेलीबे्रटीहरु जो ख्यातीप्राप्त कलाकारहरु हुनुहुन्छ उहाँहरुलाई हामीले निमन्त्रणा गरिसकेका छौं । उहाँहरु लगायत अरु पाँच सयजनाको उपस्थिती हुन्छ भन्ने हामीले टार्गेट गरेका छौं ।

प्रबेश शुल्क कति छ ?

त्यो दिन यहाँ उपस्थित हुनको लागि हामीले टिकटको ब्यबस्था गरेका छौं । प्रति ब्यक्ति दुई हजार पाँच सय छ भने कपलको लागि पाँच सय डिस्काउन्ट गरेर चार हजार पाँच सय राखेका छौं ।

कार्यक्रम कति अबधिको हुनेछ ?

साँझ ६ बजेदेखी ११ बजेसम्म हुन्छ ।

रमाईलोको लागि यो पनि हेनुहेर्नुहोस्

You might also like

Comments

Loading...