जस्मिनको साथमा एकछिन पनि छुट्दैन मोबाइल किन ?

अभिनेत्री जस्मिन श्रेष्ठ यतिबेला सिनेमा ‘पञ्चेबाजाको’ प्रचार प्रसारमा ब्यस्त छिन् । फागुन ११ गतेदेखी प्रदर्शनमा आउने यसै सिनेमाको प्रचार प्रसारको क्रममा भेटिएकी जस्मिन संग गरिएको ग्याजेट गफ ं ।

ग्याजेटमा के–के बोक्नु हुन्छ ?

मोबाईलनै बोक्छु ।

मोबाईल सबभन्दा धेरै के को लागि प्रयोग गर्नुहुन्छ ?

सबभन्दा फस्ट त फोन गर्नकै लागि युज गर्छु । त्यसको अलबा फेसबुकहरु पनि चलाउँछु । बहिनीहरु बाहिर भएकोले गर्दा फेसबुकमा म्यासेजहरु आउने गर्छ । ममीले पनि दिनको दुईतीन चोटी फोन गरिराख्नु हुन्छ त्यही भएर पनि मोबाइल बोकी राख्नु पर्ने हुन्छ ।

मोबाईलको वालमा के राख्ने गर्नु भा छ ?

मोबाईलको वालमा ‘पञ्चेबाजाको गीत शुट गर्दाको मेरो आफ्नै फोटो राखेकी छु ।

मोबाईलबाट सबैभन्दा धेरै डायल हुने नम्बर ?

मेरो मोबाईलबाट ममीलाई र कान्छी बहिनी लाई सबैभन्दा धेरै डायल हुन्छ ?

नचिनेको नम्बरबाट कत्तिको फोन आउँछ ?

नचिनेको नम्बरबाट अहिलेसम्म आएको छैन । बरु एक चोटी प्राइभेट नम्बर भनेर बिदेशबाट आएको रहेछ । उठायो तर कोही पनि नबोल्ने त्यस्तो भाको थियो । त्यो भन्दा अरु चाही छैन ।

रमाईलोको लागि यो पनि हेनुहेर्नुहोस्

You might also like

Comments

Loading...