फेसप्याक लगाउँदा गल्ती होला

अनुहारको सौन्दर्यका लागि फेसप्याक आवश्यक छ । आफ्नो छालाको प्रकृतिअनुसार फेसप्याक लगाउने समय र प्याकको किसिम छनोट गर्न सकिन्छ । ब्युटी एक्स्पर्टबाट यो ज्ञान लिइसकेपछि घरमै पनि प्याक लगाउन सकिन्छ । तर, केही पाटोमा ध्यान दिनुपर्छ । नँया पत्रिकाका लागि स्किन प्रोफेसनल पभी गुरुङले दिएको टिप्स ।

० फेसप्याक प्रयोग गरेलगत्तै नुहाउन ुहुँदैन । फेसप्याक लगाएपछि नुहाउँदा छालाको छिद्र खुल्छ र अनुहारमा फेसप्याकको प्रभाव रहन पाउँदैन । यतिवेला नुहाउँदा नरम छालामा स्याम्पुले समेत नकारात्मक असर गर्न सक्छ । नुहाएर मात्रै फेसप्याक प्रयोग गर्नु राम्रो हुन्छ ।

० अनुहार सफा गरेर मात्रै फेसप्याक लगाउनुहोस् । अनुहार सफा नगरेको छालामा प्याक लगाउँदा छाला झन् सुक्खा हुने र चाउरी पर्ने खतरा हुन्छ । सुरुमा फेसवास र क्लिन्जिङ गरेपछि मात्रै फेसप्याक लगाउनुहोस् । क्लिन्जिङपछि मसाज क्रिम लगाएर क्रिममाथि नै प्याक लगाउनु अझै उत्तम हुन्छ ।

० प्याक १५–२० मिनेटभन्दा कम या बढी अनुहारमा रहन दिनु गल्ती हुन्छ । लगाएको १५ मिनेट नपुग्दै पखालिदिने हो भने छालामा प्याकको कुनै प्रभाव नै पर्न पाउदैन । २० मिनेटभन्दा बढी समयसम्म अनुहारमा प्याक रहन दिँदा पनि छाला सुक्खा बनाइदिन्छ ।

खासमा फेसप्याक छालामै सुकेर कक्रक्क भएपछि रगडेर पखाल्नु ठूलो गल्ती हुन्छ । सुक्नुअघि नै पखाल्नुपर्छ । अनुहारमा पानीले हल्का–हल्का मसाज गर्दै प्याक पखाल्नुपर्छ । धेरै सुकाएर जबर्जस्ती रगड्दा छाला तन्किने, च्यातिने तथा चाउरिने हुन्छ ।

० फेसप्याक पखालेपछि अनुहार त्यत्तिकै छोड्नु तथा सीधै मेकअप गर्नु पनि गल्ती हुन्छ । प्याक पखालेपछि स्किन टोनर तथा सिरम लगाएर यसमाथि मोस्चराइजर या क्रिम प्रयोग गर्नुपर्छ ।

दिउसो भए सनब्लक तथा सन्सक्रिम र बेलुका भए मोस्चराइजर तथा नाइट रिपेयरिङ क्रिम लगाउनु उपयुक्त हुन्छ । टोनरसँगै कटनको सहयोगले अनुहारभरि गुलाबजल प्रयोग गर्न पनि सकिन्छ । गुलाब जलले अनुहारमा थप चमक ल्याउँछ ।

० फेसप्याक लगाएर हाँस्ने, गफ गर्ने बानी पनि खराब हो । अनुहारमा प्याक रहुन्जेलसम्म हाँस्ने तथा गफ गर्ने काम भुलेर पनि नगर्नुहोस् । धेरै हाँस्दा र गफ गर्दा छाला चाउरी पर्छ । यो वेला छालालाई रिल्याक्समा छोडिदिनु पर्छ ।

रमाईलोको लागि यो पनि हेनुहेर्नुहोस्

You might also like

Comments

Loading...