माईकल ज्याक्सनकी छोरीसँग फिल्म खेल्दै अलि फजल

फुकरे, खामोशिया, ब्याङ बाजा बारात, बात बन गई, बबी जासुस लगायतका बलिवुड सिनेमामा काम गरिसकेका अभिनेता अलि फजलले माईकल ज्याक्सनकी छोरी पेरिस ज्याक्सनसँग पर्दा बाँड्ने भएका छन् । अलिले हालै मात्र अमेरिकाको लस एन्जल्समा गएर पेरिसलाई भेटेर सिनेमाको बारेमा पनि कुरा गरिसकेका छन् । यो सिनेमामा बलिवुड अभिनेत्री ऋचा चड्डा पनि हुने कुरा छ । त्यस्तै अमेरिकाका एक स्टारलाई पनि यसमा राखिने छ ।

प्रि–प्रोडक्शनको काम शुरु भईसकेको यो सिनेमा यहि महिनाको अन्तिमसम्ममा फ्लोरमा पनि जानेछ । यसको नामाकरण भने अहिलेसम्म गरिएको छैन ।

हाल लण्डनमा अभिनेता जुडी डेंचसँग शुटिङ गरिरहेका अलि अब अमेरिकाबाट सिधै लण्डन जानेछन् जहाँ सिनेमाको शुटिङ भईरहेको छ ।

अलि २०१५ मा हलिवुड सिनेमा ‘फ्युरियस–७’ मा विशेष भूमिकामा देखिएका थिए । त्यस्तै उनले अमेरिकन फिल्म ‘फर हियर और टु गो’मा पनि काम गरेका छन् ।

You might also like

Comments

Loading...