विकिनीमा भाईरल प्रियंकालाई दोस्रो हलिवुड फिल्म अफर

अभिनेत्री प्रियंका चोपडा यतिबेला विकिनी तस्वीरले चर्चामा आएकी छिन् । आईतबार ‘बेवाच’को प्रिमियरमा मियामी पुगेकी प्रिंयंकाले त्यहाँको समुन्द्रमा खुबै आनन्द लिईन् । त्यस बखतका उनका केही विकिनी तस्वीरहरु अहिले भाईरल भईरहेका छन् । त्यस्तै गत शनिबार पनि प्रियंकाका केही विकिनी तस्वीरहरु भाईरल भएका थिए जसमा उनी ब्राजीलियन सुपर मोडल एड्रियाना लीमासँग मियामी बिचमै थिईन् ।

त्यस्तै प्रियंका यतिबेला सिनेमाको कुराले पनि चर्चामा आर्एकी छिन् । प्रियंकाको पहिलो हलिवुड सिनेमा ‘बेवाच’ १० मे मा फिलिपिन्समा रिलिज भईसकेको छ भने २५ मे मा संसारका अन्य भागहरुमा रिलिज हुनेछ । यस सिनेमामा प्रियंका भिलेनको भूमिकामा छिन् ।

भारतीय सञ्चार माध्ययमका अनुसार प्रियंकालाई सिनेमा ‘अ किड लाईक जेक’को लागि पनि प्रस्ताव आईसकेको छ । प्रियंकाले यसमा काम गरिन् भने यो उनको दोस्रो हलिवुड सिनेमा बन्नेछ । सिलास हबर्डको निर्देशनमा बन्न लागेको यस सिनेमाका लागि क्लेयर डेंस, जिम पार्सन्स र ए डोनको नाम पक्का भईसकेको छ ।

पल बर्ननले यसलाई निर्माण गर्नेछन् । यस सिनेमाका लागि प्रियंकाका अलावा अक्टोपिया स्पेन्सरसँग पनि कुराकानी भईरहेको जानकारी छ । डेनियल पर्लको चर्चित लिंकोलन सेंटर नाटकमा यो सिनेमा आधारित छ ।

You might also like

Comments

Loading...