कान्स फिल्म फेस्टिभल- मोडल बेलालाई दियो गाउनले धोका

७० औँ कान्स फिल्म फेस्टिभलको पहिलो दिन बिभिन्न देशका सेलिब्रेटीहरु रेड कार्पेटमा उत्रिएका छन् । पहिलो दिन रेड कार्पेटमा उपस्थित अमेरिकी मोडल बेला ह्याडिड रेड कार्पेटकी केन्द्र बनिन् । सबैको ध्यान उनमै गयो । कारण थियो उनले लगाएको ड्रेस । रेड कार्पेटमा प्रवेश गर्ने बित्तिकै बेलालाई उनले लगाएको लाईट सिल्क पिंक गाउनले धोका दिन सुरु गर्यो । उनको गाउनको कटिङले उनको भित्रि बस्त्र नै देखाएको थियो ।

उनले त्यो गाउन सम्हाल्ने कोशिस गर्दै त्यहाँ उपस्थित साथीहरुलाई भेट्न थालिन् । तर उनले आफ्नो गाउनलाई त्यति सजिलै सम्हाल्न भने सकिनन् । गाउन जस्तो सुकै अवस्थामा भएपनि उनले एक प्रोफेशनल मोडलको रुपमा फोटोग्राफरहरुलाई पोज दिईरहेकी थिईन् ।

२० वर्षिय बेला अमेरिकाकी चर्चित फेशन मोडल र गायिका हुन् । सन् २०१६ मा उनलाई मोडलिङ उद्योगमा ‘मोडल अफ द ईअर’ चुनिएको थियो । एक म्यागजिनको ईभेन्टमा ट्याक्सीमा जाँदा यहि वर्षको सुरुवातमा बेला यस्तै एक समस्यामा परेकी थिईन् ।

You might also like

Comments

Loading...