अक्षय कुमारपछि बाहिरियो ‘२.०’ की एमीको लुक्स

४ सय करोडको लगानीमा बनेको सिनेमा २.० बहुप्रतिक्षित बलिवुडको सिनेमा मध्येको एक हो । यस सिनेमामा अक्षय कुमार, एमी ज्याक्शन मुख्य भूमिकामा छन् । केही समय २.० मा अक्षय कुमारको लुक्स सार्वजनिक भएको थियो । सिनेमामा भिलेनको भूमिकामा रहेका अक्षयको  भिलेन लुक्स निकै बबाल देखिएको थियो ।  अक्षयको लुक्सलाई धेरैले तारिफ गरेका थिए ।
अक्षय पछि सिनेमाकी मुख्य अभिनेत्री एमी ज्याक्सनको लुक्स पनि बाहिरिएको छ । एमी ज्याक्सन भएको यस पोस्टरमा यो संसार मानिसको लागि मात्रै नभएको उल्लेख गरिएको छ ।
सन् २०१० को सिनेमा एंथ्रोनीको सिक्वेल यस सिनेमामा रजनी कान्त डाक्टर वसीगरन र चिट्टी रोबोटको भूमिकामा छन् । उनले ‘रोबोट’ अर्थात ‘एंथ्रोनी’ (तमिल) मा पनि यी दुई भूमिका निर्वाह गरिसकेका छन् ।
‘रोबोट’मा रजनी कान्त र ऐश्वर्य रायको मुख्य भूमिका थियो । २.० लाई ए–शंकरले निर्देशन गरेका हुन् । २५ जनवरी २०१८ मा रिलिज हुने यो सिनेमा  हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज हुनेछ ।

You might also like

Comments

Loading...