कारका सौखिन अमिताभ, साथमा छन् ९ गाडी

बलिवुडका महानायक अमिताभ बच्चनले ११ अक्टोबरमा ७५औँ जन्मोत्सव मनाएका छन् । उनले ७५ औँ जन्मोत्सव परिवारसँग माल्दिभ्समा मनाए । उनलाई छोरा बुहारी अभिशेक–ऐश्वर्या र छोरी स्वेताले माल्दिभ्सको समुन्द्री तटमा राती १२ बजे बेग्लै तरिकाले जन्मदिनको शुभकामना दिए । यस पलको एक तस्बिर अभिशेकले सामाजिक सञ्जाल ईन्स्टाग्राममा पनि सेयर गरेका छन् जुन निकै चाखलाग्दो देखिन्छ ।

सन् १९६९ को सिनेमा ‘सात हिन्दुस्तानी’बाट बलिवुडमा ब्रेक लिएर अहिले महानायकको रुपमा स्थापित भईसकेका  अमिताभ कारका सौखिन हुन् । यहि कारण उनीसँग यात्राको लागि एउटा मात्रै कार छैन विभिन्न ब्राण्डका ९ वटा कारहरु छन् जसमा लेक्सस, रोल्स रोयल फ्यान्टम, बि एम डब्यू, मर्सिडिज लगायत पर्छन् । यस मध्ये सेतो रंगको ‘रोल्स रोयल फ्यान्टम कार’ अमिताभलाई सिनेमा ‘एकलव्य’का निर्माता विधु विनोद चोपडाले उपहार दिएका हुन् । यो कार उनी सँग भएका कार मध्येको महंगो कार हो । यसको मुल्य ४ करोड ५ लाख भारतीय रुपैयाँ पर्छ ।  यस बाहेक अमिताभसँग भएका अन्य कारहरु यस प्रकार छन् ।

मर्सिडिज बेन्ज जिएलएसयूवी
मुल्य– २ करोड ७ लाख भारतीय रुपैयाँ

बैन्टले आरनेज आर
मुल्य– ३ करोड भारतीय रुपैयाँ

joktantraटोयोटा लैन्ड कू्रसर
मुल्य– १ करोड ५ लाख भारतीय रुपैयाँ

बिएमडब्ल्यू ७ सिरिज ७ सय ६० एलआई
मुल्य – १ करोड ७ लाख भारतीय रुपैयाँ

लेक्सस
मुल्य– १ करोड २५ लाख भारतीय रुपैयाँ

मिनीकूपर एस
मुल्य– ४० लाख भारतीय रुपैयाँ

पोर्शे केयमन एस
मुल्य– १ करोड ५ लाख भारतीय रुपैयाँ

रेन्ज रोवर
मुल्य–४३ लाख भारतीय रुपैयाँ

हरेका कारमा दुई हुनुको कारण
अमिताभ दुई नम्बरलाई लक्की नम्बरको रुपमा लिन्छन् । उनको जन्ममितीको जोड पनि दुई नै हुन आउँछ । यहि कारण उनको कारको नम्बरमा दुई अक्षर कहिल्यै पनि छुटेको हुँदैन ।

You might also like

Comments

Loading...