५३ लागे शाहरुख, जान्नुहोस् उनको सिने करिअर

एजेन्सी    कार्तिक १६ ✎

बलिवुड सिनेमा उद्योगका बादशाह अभिनेता शाहरुख खान आज देखि ५३ वर्षमा प्रवेश गरेका छन् । २ नोभेम्बर १९६५ मा दिल्लीमा जन्मेका शाहरुखले टिभिसिरियल देखि अभिनयको शुरुवात गरेका थिए । सन् १९८८ मा टेलिसिरियल ‘फौजी’मार्फत टेलिभिजनको पर्दामा कदम राखेका उनले त्यसपछि टेलिसियिल ‘सर्कस’मा पनि काम गर्ने मौका पाए । सिरियलमा काम गर्दै गर्दा उनले बलिवुडमा पनि ब्रेक लिएका हुन् । सन् १९९९ को सिनेमा ‘दीवाना’ उनको डेब्यु सिनेमा हो ।

Gufgaf२५ वर्षे सिने करिअरमा उनले सिने ८० भन्दा धेरै सिनेमामा काम गरिसकेका छन् । राम्रो अभिनयका कारण शाहरुखले १४ पटक फिल्मफेयर अवार्ड समेत जितेका छन् ।

शाहरुखको सिने करिअरमा सफल सिनेमाहरुको सूचि लामै छ । तर हिट सिनेमाहरुको सूचि निकाल्दा भने सिमित सिनेमाहरु मात्र पर्छन् । सन् २०१३ को सिनेमा ‘चेन्नई एक्सप्रेस’ उनको हिट सिनेमा मध्येको एक हो । १ सय १५ करोड भारतीय रुपैयाँमा निर्माण भएको यस सिनेमाले २ सय ७८ करोडको कारोबार गरेको थियो ।

सन् २०१४ को सिनेमा ‘ह्याप्पी न्यु ईअर’को लगानी १ सय ५० करोड थियो भने २ सय ४० करोडको कारोबार गरको थियो । यो सिनेमा पनि उनले काम गरेका सिनेमा मध्येको हिट सिनेमा हो । त्यस्तै रब ने बना दी जोडी, ओम शान्ती ओम, कभि खुशी कभि गम, दिलवाले दुल्हनीया ले जाएंगे, कुछ कुछ होता है, मोहब्बतेँ, वीर जारा, दिल तो पागल है, करण अर्जुन, डर लगायत शाहरुखका हिट सिनेमाहरु हुन् ।
२७ वर्षको उमेरमा बलिवुडमा ब्रेक लिएका शाहरुखले डेब्यु गर्दा नजन्मेका अभिनेत्रीहरुसँग समेत अभिनय गरिसकेका छन् । शाहरुखले सिनेमामा डेब्यु गर्दा अभिनेत्री आलिया भट्टको जन्म भएकै थिएन । तर यी दुईले सिनेमा ‘डियर जिन्दगी’मा काम गरेका छन् । त्यस्तै शाहरुखको डेब्यु ताका अभिनेत्री अनुश्का शर्मा जम्मा ४ वर्षकी थिईन् । अनुश्काले शाहरुखकै सिनेमा ‘रब ने बना दी’ जोडीमार्फत सन् २००८ मा डेब्यु गरेकी हुन् ।

केही सिनेमा रिलिजै भएनन् केहीका भए नाम परिवर्तन

शाहरुख खानको सिने करिअरमा केही यस्ता सिनेमाहरु प्नि छन् जसमध्ये केही नाम परिवर्तन भएर रिलिज भए भने केही अहिलेसम्म पनि रिलिज भएका छैनन् । सिनेमा ‘किसी से दील लगाकर देखो’ को १९९६ मा निर्माण कार्य शुरु गरिएको थियो । कल्पतरुले निर्देशन गरेको यस सिनेमामा शाहरुख खान, आयशा जुल्का र मधुको मुख्य भूमिका थियो । तर यो सिनेमा अहिलेसम्म पनि रिलिज हुन सकेको छैन ।
शाहरुखको अर्को सिनेमा ‘राश्क’ पनि रिलिज भएन । यो सिनेमा सन् २००१ मा निर्माण भएको थियो । शाहरुखले सिनेमा ‘शिखर’मा अभिनेत्री माधुरी दिक्षितसँग स्क्रिन सेयर गरेका थिए । १९९५ को यो सिनेमालाई सुभाष घईले निर्देशन गरेका थिए । तर पछि यस सिनेमाको कथा हेरफेर गरेर सुभाषले सिनेमा ‘ताल’ बनाए । ‘ताल’मा अक्षय खन्ना र ऐश्वर्या राय मुख्य भूमिकामा छन् ।

सन् २०११ मा ‘एक्सट्रीम सिटी’मा नामक हलिवुड सिनेमामा पनि शाहरुखले काम गरे । शाहरुख र लियोनार्डो डिकेप्रियोको मुख्य भूमिका रहेको यस सिनेमालाई मेटिन स्कोर्सेसले निर्देशन गरेका थिए । तर यो सिनेमा पनि रिलिज भएन ।
मणि कौलको निर्देशनमा निर्माण भएको सिनेमा ‘अहमक’ मा पनि शाहरुखको मुख्य भूमिका थियो । सन् १९९१ को सिनेमा अहमक लाई सन् २०१५ मा ‘मुम्बई फिल्म फेस्टिभल मामी’मा देखाईयो । तर सिनेमाघरमा भने यसलाई अहिलेसम्म पनि रिलिज गरिएको छैन ।
सन् २००२ को सिनेमा ‘हम तुम्हारे हे सनम’लाई पहिले ‘आप हे मेरे सनम’ नामबाट निर्माण गरिएको थियो । यस सिनेमालाई के एस अधियामनले निर्देशन गरेका हुन् भने सिनेमामा शाहरुखसँगै अभिनेत्री माधुरी दिक्षित, सलमान खान र ऐश्वर्या राय मुख्य भूमिकामा छन् ।

Gufgaf@srkसन् २००१ मा रिलिज भएको सिनेमा ‘वन टुका फोर’ पहिले ‘दिल सच्चा चेहरा झुठा’ नामबाट निर्माण भएको थियो । शशिलाल के नायरको निर्देशनमा तयार भएको यो सिनेमामा शाहरुख खान, जुही चावला, र ज्याकी श्राफको मुख्य भूमिका छ ।
बिरेन्द्र नाथ तिवारीको निर्देशनमा बनेको सिनेमा ‘ये लम्हे जुदाई के’ पनि नाम परिवर्तन भएर रिलिज भएको सिनेमा हो । १९९४ मा निर्माण गरिएको ‘जादु’लाई नाम परिवर्तन गरेर सन् २००४ मा रिलिज गरिएको थियो । यस सिनेमामा शाहरुखको अपोजिट अभिनेत्री रबिना टण्डन छिन् ।

शाहरुखको व्यक्तिगत जीवनको कुरा गर्ने हो भने सन् १९९१ मा उनले गौरीसँग विवाह गरे । विवाह पछि उनी तीन सन्तान आर्यन, सुहाना र अब्राहमका पिता बनेका छन् । कान्छो सन्तान अब्राहमलाई शाहरुख र गौरीले सेरोगेसीबाट जन्माएका हुन् ।

You might also like

Comments

Loading...