ऐश्वर्याको ड्रेसबाट प्रभावित केक

 एजेन्सी  कार्तिक १६ ✎

अभिनेत्री ऐश्वर्या रायले १ नोभेम्बरमा ४४ औँ जन्मदिन मनाएकी छिन् । ऐश्वर्याको जन्मदिनमा बनाईएको एउटा केक यतिबेला चर्चामा छ । ऐश्वर्याले कान्स फिल्म फेस्टिभल २०१७ मा लगाएको ड्रेसलाई यस केकमा कस्टमाईज गरिएको छ । निर्माता श्रृष्टी आर्याले कस्टमाईज केकको एक तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै, केही केकहरु खास हुने उल्लेख गरेकी छिन् ।

uiyiyi_1509617357ऐश्वर्याले कान्स फिल्म फेस्टिभलमा लगाएको गाउनलाई मिशेल सिनले डिजाईन गरेका हुन् जसले सिंड्रेलाको याद दिलाउँछ । कान्समा यो गाउनमा सजिएपछि ऐश्वर्या सामाजिक सञ्जालमा ट्रोल समेत भएकी थिईन् ।

यस पटक ऐश्वर्याले जन्मदिनमा भव्य पार्टी भने गरिनन् । केही समय अघि मात्रै पिताको निधन भएका कारण उनले यस पटक सामान्य तरिकाले जन्मदिन मनाएकी छिन् जसमा बच्चन र राय परिवारका सदस्यका अलावा ऐश्वर्याका केही निकट साथीहरुको उपस्थित थियो ।
उता नोभेम्बर २ देखि ५३ वर्ष लागेका शाहरुख खानले भने भव्य तरिकाले जन्मदिन मनाउँदैछन् ।

You might also like

Comments

Loading...