आत्महत्या गर्ने सोचमा किन पुगिन् ईलियाना

एजेन्सी कार्तिक २० ✎

दक्षिण भारतीय सिनेमा उद्योगसँगै बलिवुडमा पनि सफलता पाएकी अभिनेत्री ईलियाना डिकु्रजले हालै मात्र दिल्लीमा आयोजित २१ औँ विश्व मानसिक स्वास्थ्य सम्मेलनमा एकताका आफू डिप्रेशनमा भएको खुलासा गरेकी छिन् । डिप्रेशनकै कारण उनमा आत्महत्या गर्ने सोच समेत आएको थियो ।

कार्यक्रममा ईलियानाले आफू डिप्रेशनमा भएको खुलासा गर्दै त्यस बखत आत्महत्या गर्ने सोच आएको बताएकी हुन् । कार्यक्रममा बोल्दै उनले भनेकी छिन्, ‘म सधैँ सेल्फ कन्सियस रहने व्यक्ति हुँ । त्यसबखत मैलै हरेक पल आफूलाई कमजोर र दुखी महसुस गर्थेँ । मलाई आफू डिप्रेशनमा भएको पनि थाहा थिएन । पछि मलाई यसको बारेमा थाहा भयो अनि मैले थाहा पाएँ म डिसमोर्फिक डिअर्डरबाट पीडित छु भन्ने कुरा । मलाई त्यसबखत सबै कुराहरु खत्तम गर्न मन लाग्थ्यो । आफूले आफैलाई समेत खत्तम गर्ने सोचमा पुगेको थिएँ । तर पछि सबै ठिक हुँदै गयो ।’

दक्षिण भारतीय सिनेमा उद्योगमा सफल भईसकेपछि ईलियानाले सन् २०१२ मा सिनेमा ‘बर्फी’मार्फत बलिवुडमा ब्रेक लिएकी हुन् । त्यसपछि उनले फटा पोस्टर निक्ला हिरो, मे तेरा हिरो, रुस्तम लगायतका सिनेमामा काम गरेकी छिन् ।

You might also like

Comments

Loading...