‘टाईगर जिन्दा है’ ट्रेलर रिलिज,एक्शन अवतारमा सलमान र कटरिना

एजेन्सी   कार्तिक २१ ✎ 

सलमान खान र कटरिना कैफको मुख्य भूमिका रहेको सिनेमा‘टाईगर जिन्दा है’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा कटरिना र सलमान एक्शन अवतारमा देखिएका छन् । सिनेमामा सलमान खान उर्फ टाईगर ईण्डियन एजेन्टको भूमिकामा छन् भने कटरिना पाकिस्तानी एजेन्टको । तर यी दुबैको उद्देश्य भनेको शान्ती ल्याउनु नै हुन्छ । यहि कारण यी दुई हात मिलाएर शान्ती ल्याउने मिशनमा निस्कन्छन् ।

‘टाईगर जिन्दा है’मार्फत कटरिना र सलमानले पाँचवर्ष पछि स्क्रिन सेयर गरेका हुन् । क्रिसमसको अवसर पारेर २२ डिसेम्बरमा रिलिज हुने यो सिनेमामा अलि अब्बास जफरको लेखन तथा निर्देशन छ । सिनेमालाई आदित्य चोपडाले निर्माण गरेका हुन् । ।

You might also like

Comments

Loading...