अनस्क्रिन छोरीको विहेमा अजय देवगनको परिवार

एजेन्सी मंसिर  १३  ■ 

अभिनेत्री ईशिता दत्ताले प्रेमी वत्सल सेठसँग विवाह गरेकी छिन् । मुम्बईको जुहुस्थित ईन्टरनेशनल सोसाईटीकको फर कृष्ण कन्सियसनेस मन्दिरमा यो जोडीको विवाह भएको छ । उनीहरुको विवाहको एक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा उनीहरुले हिन्दु रितिरिवाज अनुसार विवाह गरेका छन् ।

यी दुईको विवाहमा आफन्त र केही निकटलाई मात्र निम्ता दिईएको थियो । बलिवुडबाट अजय देवगन र काजोल छोरा युगसँग पुगेका थिए । त्यस्तै काजोलकी आमा तनुजा, बहिनी तनिषा र अभिनेता बबी देओलको पनि उपस्थिति थियो ।
ईशिता कपिल शर्माको आगामी सिनेमा ‘फिरंगी’मा उनकी श्रीमतीको भूमिकामा छिन् । त्यस्तै उनले सन् २०१२ को सिनेमा ‘दृश्यम’मा अजय देवगनकी छोरीको भूमिका निर्वाह गरेकी छिन् । यसका साथै उनले केही दक्षिण भारतीय सिनेमा र टेलिसिरियलहरुमा पनि काम गरेकी छिन् ।
त्यस्तै अभिनेता वत्सल सेठले केही सिनेमा र टेलिसिरियलहरुमा काम गरेका छन् । उनी यतिबेला सोनी ईन्टरटेनमेन्टको सिरियल ‘हाँसिल’मा काम गरिरहेका छन् ।

You might also like

Comments

Loading...