बलिवुड सेलिब्रेटी जसले आफ्नै फ्यानसँग विवाह गरे

एजेन्सी मंसिर  १४  ■ 

कलाकारका प्रशंसकहरु मध्ये केहीले उनीहरुलाई भेट्न र देख्नमात्र चाहन्छन् भने केहीले उनीहरुलाई जीवन साथीकै रुपमा पाउन चाहन्छन् । सबैको त्यो ईच्छा पूरा भने हुँदैन । तर बलिउडका केही कलाकारले प्रशंसकको यो चाहनालाई पूरा गरिदिएका छन् । आज हामीले आफ्नै फ्यानसँग विवाह बन्धनमा बाँधिएका केही बलिवुड कलाकारहरुको बारेमा एक सामाग्री तयार पारेका छौँ ।


दिलिप कुमार
अभिनेता दिलिप कुमार र सायरा बानुको जोडी पनि यहि सूचिमा पर्छ । सन् १९६६ मा विवाह बन्धनमा बाँधिएको यो जोडी अहिले पनि एक साथ छ । सायरा त १२ वर्षको उमेर देखि नै दिलिपको फ्यान बनेकी थिईन् । पछि सायराले दिलिपलाई आफ्नो श्रीमान् बनाईन् ।


जितेन्द्र कपूर
अभिनेता जितेन्द्रले १९७४ मा शोभा कपूरसँग लगन गाँठो कसे । विवाह अघि शोभा ब्रिटिश एयरवेयजमा एयर होस्टेस थिईन । त्यस क्रममा जितेन्द्रले बलिवुडमा राम्रो गरिरहेका थिए । धेरै फ्यानहरु कमाई रहेका थिए । जितेन्द्रका तिनै फ्यानहरु मध्येकी एक थिईन् शोभा पनि । तर पछि तिनै फ्यान जितेन्द्रको श्रीमती बन्न पुगिन् ।


विवेक ओवरोय
अभिनेता विवेक ओवरोयले पनि फ्यान प्रियंका अल्वासँग विवाह गरेकाछन् । विवाह अघि प्रियंका विवेकको अभिनयको निकै ठूलो प्रशंसक भएको बताउँछिन् । प्रियंका मन्त्री जीवराज अल्वाको छोरी हुन ।


शिल्पा शेट्टी
अभिनेत्री शिल्पा शेट्टी व्यापारी राजकुन्द्रको दोस्रो श्रीमती भएर भित्रिएकी हुन् । शिल्पाको अभिनयबाट प्रभावित राजले उनलाई विवाह गर्नको लागि पहिलो श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेको पनि भनिन्छ । शिल्पा पनि आफ्नो फ्यानसँगै विवाहगर्ने कलाकारमा पर्छिन् ।


माधुरी दिक्षित
माधुरी दिक्षितले पनिआफ्ना फ्यानसँग विवाह गरेकी हुन् । डाक्टर श्रीराम नेने माधुरीको अभिनयबाट निकै प्रभावित थिए । पछि उनले माधुरीलाई आफ्नो श्रीमती पनि बनाई छाडे ।


ईमरान खान
आमिर खानका भान्जा हुन् अभिनेता ईमरान खान । उनले पनिआफ्नै फ्यानसँग विवाह गरेका छन् । उनले फ्यान अवन्तिका मलिकसँग केही वर्ष अफेयरमा रहेपछि सन् २०११ म विवाह गरे । त्यसो त अवन्तिका ईमरान सँग सम्बन्धमा रहनु अघि रणवीर कपूरसँग पनि प्रेममा थिईन् ।


ईशा देओल
अभिनेता धर्मेन्द्र र हेमा मालिनीकी छोरी ईशा देओलको विवाह पनि फ्यान सँगै हुन पुग्यो । व्यापारी भरत तख्तानी ईशाका फ्यान थिए । भरतले विद्यालय पढ्दा देखि नै ईशालाई मन पराउँथे ।


मुमताज
मुमताजको नाम ७० को दशककी चर्चित अभिनेत्रीको रुपमा आउँछ । उनको विवाह त्यो समयका चर्चित व्यापारी टाईकुन मयूर मधवानीसँग भएको थियो । खासमा मयूर मुमताजका फ्यान थिए ।


राजेश खन्ना
सुपरस्टार राजेश खन्नाले पनि सिने करिअरमा थुप्रै फ्यान कमाए । त्यही मध्येकी एक थिईन् अभिनेत्री डिम्पल कपाडिया । सन् १९७३ मा उनीहरुको विवाह भयो । राजेशसँग विवाह गर्ने समयमा डिम्पल १५ वर्षकी थिईन् ।

You might also like

Comments

Loading...