कपिललाई जित्न सकिनन् सनीले

एजेन्सी  मंसिर १८  ■ 

बलिवुडमा यो साता कपिल शर्माको सिनेमा ‘फिरंगी’सँगै सनी लियोनी र अरबाज खानको मुख्य भूमिका रहेको सिनेमा ‘तेरा ईन्तजार’ एकसाथ प्रदर्शनमा आए । यी दुई सिनेमामध्ये कपिलको सिनेमाले कारोबारमा ‘तेरा ईन्तजार’लाई उछिनेको छ । ‘फिरंगी’ले पहिलो दिन २ करोड १० लाख भारतीय रुपैयाँको कारोबार गरेको छ भने ‘तेरा ईन्तजार’को पहिलो दिनको कारोबार जम्मा ४५ लाख भारतीय रुपैयाँ रहेको छ ।
‘फिरंगी’को शुरुवाती दुई दिनको कारोबार ४ करोड ५० लाख भएको छ । उता ‘तेरा ईन्तजार’को शुरुवाती दुई दिनको कारोबार जम्मा एक करोड भारतीय रुपैयाँ रहेको छ ।

दुवै सिनेमाको कारोबार देख्दा लगानी समेत उठाउन धौ–धौ पर्ने देखिन्छ । कपिलले सिनेमाको लगानी २५ करोड भारतीय रुपैयाँ बताएका छन् । यस हिसाबले सिनेमाको कमजोर कारोबारलाई हेर्ने हो भने सिनेमालाई लगानी उठाउन त्यति सहज छैन ।
‘फिरंगी’लाई राजिव ढिङग्राले निर्देशन गरेका हुन् भने सिनेमामा कपिल शर्मा, ईशिता गुप्ता, मोनिका गिल लगायतका कलाकारको मुख्य भूमिका छ ।
सनी र अरबाजको मुख्य भूमिका रहेको ‘तेरा ईन्तजार’लाई राजिव वालियाले निर्देशन गरेका हुन् भने अमन मेहता र बिजल मेहताले संयुत्त रुपमा निर्माण गरेका हुन् ।



You might also like

Comments

Loading...