बलिवुडका यी सिनेमा जसले विदेशमा धेरै कमाए

एजेन्सी मंसिर  २२   ■ 

बलिवुड सिनेमाको बजार भारत बाहिर पनि फैलिएको छ । तर पछिल्लो समयमा नेपाली बजारमा भने बलिवुड सिनेमाको बजार खस्किँदै गएको छ । नेपाली सिनेमाले नै राम्रो कारोबार गर्न थालेपछि बलिवुड सिनेमाको कारोबारमा गिरावट आएको देख्न सकिन्छ । यस अघि भने नेपाली सिनेमाको बजारमा भारतीय सिनेमाले रजाईँ गर्थे । नेपाल लगायत अन्य देशमा बलिवुड सिनेमाका धेरै प्रशंसकहरु छन् । यहि कारण त बलिवुडका केही सिनेमाहरुले भारतमा भन्दा धेरै विदेशमा कारोबार गरेका छन् ।

यस वर्षको शुरुवातमा रिलिज भएको सिनेमा ‘रईस’ भारतमा भन्दा बाहिर धेरै कारोबार गर्ने सिनेमाको सूचिमा पर्छ । यस सिनेमाले भारतमा १ सय ७६ करोड भारतीय रुपैयाँको कारोबार गरेको थियो भने भारत बाहिर २ सय ७२ करोडको । सिनेमामा शाहरुख खान र माहिरा खान मुख्य भूमिकामा छन् ।

यसै वर्षको सिनेमा ‘ट्युबलाईट’ले पनि भारतमा भन्दा विदेशमा राम्रो कारोबार गर्यो । सिनेमाको भारतीय बक्स अफिसको कारोबार १ सय ५६ करोड भारतीय रुपैयाँ थियो भने भारत बाहिरको कारोबार २ सय ७ करोड थियो । यस सिनेमामा सलमान खान र शोहेल खानका अलावा चिनिया अभिनेत्री झु झुको मुख्य भूमिका थियो ।

दंगलगत वर्षको सिनेमा ‘दंगल’ले भारतमा भन्दा धेरै विदेशमा कमाई गरेको थियो । सिनेमाले भारतमा ४ सय ९५ करोड भारतीय रुपैयाँको कारोबार गरेको थियो भने भारत बाहिर ७ सय ९५ करोडको । त्यस्तै सन् १९९८ को सिनेमा ‘कुछ कुछ होता है’ले पनि भारतमा भन्दा धेरै कारोबार भारत बाहिर गरेको थियो । भातमा ८० करोडको कारोबार गरेको यस सिनेमाले भारतबाहिर १ सय ६ करोडको कारोबार गरेको थियो ।
लामो समय पछि शाहरुख र काजोलको जोडीले काम गरेका कारण सन् २०१५ मा सिनेमा ‘दिलवाले’ चर्चामा थयो । यो सिनेमा पनि भारत भन्दा भारत बाहिर धेरै कारोबार गर्ने सिनेमाको सूचिमा छ । सिनेमाको भारतीय बक्स अफिसको कमाई १ सय ९४ करोड छ भने भारत बाहिरको कमाई ३ सय ७२ करोड छ ।

आमिर खान र अनुष्का शर्माको मुख्य भूमिका रहेको सिनेका ‘पीके’ले पनि भारतीय बक्स अफिसमा ४ सय ४८ करोडको कारोबार गरेको थियो भने भारत बािहर ६ सय १६ करोड भारतीय रुपैयाँको । यो सिनेमा ‘दंगल’ भन्दा अगाडि सबैभन्दा धेरै कमाउने भारतीय सिनेमा थियो ।

सन् २०१२ को सिनेमा ‘जब तक है जान’ले भारतीय बक्स अफिसमा १ सय ३७ करोडको कारोबार गरेको थियो भने भारत बाहिर २ सय १० करोडको कारोबार गरेको थियो । सिनेमामा शाहरुख खान र कटरिना कैफको मुख्य भूमिका छ ।
शाहरुख खान र काजोलको मुख्य भूमिका रहेको सन् २०१० को सिनेमा ‘माय नेम ईज खान’ले पनि भारतमा भन्दा धेरै भारत बाहिर कारोबार गरेको थियो । सिनेमाले भारतीय बक्स अफिसमा ९९ करोडको कारोबार गरेको थियो भने २ सय ४ करोडको कारोबार भारत बाहिर गरेको थियो ।कभि खुशी कभि गम

सन् २००१ को सिनेमा ‘कभि खुशी कभि गम’ले भारतमा ९२ करोडको कारोबार गरेको थियो भने भारत बाहिर १ सय ५३ करोडको । सिनेमामा शाहरुख खान र काजोलको मुख्य भूमिका छ ।
त्यस्तै सन् २००६ मा प्रदर्शन भएको सिनेमा ‘डन’ले पनि भारतमा भन्दा भारत बाहिर धेरै कारोबार गर्यो । सिनेमाको भारतीय बक्स अफिसको कमाई ७० करोड थियो भने भारत बाहिर १ सय ६ करोडको । सिनेमामा शाहरुख र प्रियंका चोपडाको मुख्य भूमिका थियो ।

You might also like

Comments

Loading...