सलमानको साईकल मोह

एजेन्सी मंसिर  २२   ■ 

फिटनेसमा विशेष ध्यान दिने सलमान खान शारीरिक व्यायाममा खास ध्यान दिन्छन् । उनी कुनै पनि ठाउँमा आराम भन्दा काम गरिरहन र शरीरलाई सक्रिय राख्न मन पराउँछन् । यात्राको मामिलामा पनि उनी यस्तै छन् । छोटो दुरीको यात्रामा उनी लक्जरी कारको साटो कहिले साईकलमा हिँड्छन् त कहिले अटोमा । बिईङ ह्युमन ब्राण्डको साईकल लन्च गरेपछि प्राय समय उनी यहि साईकलमै देखिन थालेका छन् । हालै मात्र बान्द्राको सडकमा ब्राण्ड न्यु ईलेक्ट्रिक साईकल चलाउँदै गरेको अवस्थामा भारतीय मिडियाहरुले उनलाई क्यामेरामा कैद गरेका छन् । उनले चलाएको साईकल झट्ट हेर्दा बालबालिकाको लागि बनाएको जस्तो देखिन्छ । तर यो साईकल बालबालिकाको लागि बनाईएको भने हैन ।

सलमानले बिईङ ह्युमनमार्फत नयाँ डिजाईनको साईकल लन्च गरेका छन् । यो साईकलको बि एच १२ र बि एच २७ मोडल उपलब्ध छ । यो साईकलको ब्याट्री अटोमेटिक चार्ज हुन्छ जसमा पैडल हानिरहनु पर्ने झन्झट पनि हुँदैन ।
सलमान यतिबेला सिनेमा ‘टाईगर जिन्दा है’को काम सकाएर प्रमोशनको तयारीमा जुटेका छन् । यो सिनेमा २२ डिसेम्बरमा प्रदर्शन हुँदैछ । सिनेमामा पाँच वर्ष पछि सलमानले कटरिनासँग पर्दा बाँडेका छन् । यस अगाडि यो जोडी ‘टाईगर जिन्दा है’मा देखिएको थियो । यसैको सिक्वेलमा यी दुई दोहोरिएका हुन् ।

You might also like

Comments

Loading...