नेपालमा गाएपछि मोनालीले यसरी व्यक्त गरिन् खुशी

काठमाण्डौ मंसिर २४   ■ 

परफेक्ट प्लान ईन्टरटेनमेन्टले आयोजना गरेको ‘मोनाली ठाकुर लाईभ ईन नेपाल’ नामक कार्यक्रममा बलिवुड गायिका मोनाली ठाकुरले प्रस्तुति दिएकी छिन् । शनिबार राती क्लव डेजा भुमा मोनालीले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेकी थिईन् । शनिबारको कार्यक्रमको लागि उनी शुक्रबार नेपाल आएकी थिईन् । आयोजकले मोनालीलाई त्रिभुवन बिमान स्थलमा स्वागत गरेको थियो ।
कार्यक्रम हुनुभन्दा अगाडि आयोजकले पत्रकार सम्मेलन गरेको थियो । पत्रकार सम्मेलनमा बोल्दै मोनालीले पहिलो पटक नेपाल आउँदा आफूलाई अत्यन्तै खुशी लागेको र अवसर मिलेको खण्डमा फेरि पनि आउने बताईन् । त्यस्तै कार्यक्रममा प्रस्तुति दिँदै गर्दाको सानो भिडियो उनले सामाजिक सञ्जाल ईन्स्टाग्राममा सेयर गरेकी छिन् । यो पोस्टसँगै उनले लेखेकी छिन्,

A glimpse from last night..:) #Nepal #cutegig

त्यस्तै उक्त ईभेन्टको एक तस्बिर सेयर गर्दै अर्को पोस्टमा उनले लेखेकी छिन्,  Thank you for being so wonderful Nepal! #Kathmandu Thank you for the #Love ❤️???
यस अघि क्लव डेजा भु मा नै डिजे ब्याटल कम्पीटिशनमा विशेष अतिथिका रुपमा अभिनेता निल नितिक मुकेश पनि नेपाल आएका थिए ।

A glimpse from last night..:) #Nepal #cutegig

A post shared by Monali Thakur (@monalithakur03) on

You might also like

Comments

Loading...