१२ डिसेम्बरमा ईटालीमा हुँदैछ अनुश्का र विराटको विवाह

एजेन्सी मंसिर २४   ■ 

अभिनेत्री अनुश्का शर्मा र क्रिकेटर विराट कोहलीको विवाहको खबर अहिले चर्चामा छ । यीदुईले डिसेम्बर १२ मा इटालीको मिलान शहरमा लगनगाँठो कस्ने भएका छन् । भारतीय अनलाईनमा छापिएका खबरहरुलाई सापट लिने हो भने यीदुईले विवाहमा सिमित ब्यक्तिलाई मात्र निम्ता दिएका छन् । अझ भन्ने हो भने उनीहरुले विवाहलाई मिडियाबाट टाढा राख्न खोजेका छन् । केहीदिन देखि अनुश्काको घरमा विवाहको लागि सजावट पनि भईसकेको खबरको चर्चा थियो । अनुश्काका छिमेकीले भारतीय अनलाईनसँग कुरा गर्दै अनुश्काको घर सजिएको कुरा सहि भएको बताएका छन् ।

अनुश्का र विराट बाल्यकाल देखिकै साथीहुन् । अनुश्का बैंगलोरमा बस्नेताका उनका दाई कर्णेश र विराटको मित्रता शुरु भएको थियो । अनुश्काका दाई कर्णेश र विराट एउटै ठाउँमा क्रिकेट खेल्न जान्थे । विराट त्यस बखत बैंगलोरमा किक्रेटको ट्रेनिङ लिन्थे । एउटै ठाउँमा किक्रेट खेल्ने क्रममा कर्णेशसँगै विराट पनि अनुश्काको घरमा आउन थाले । यहिक्रममा अनुश्का र विराटको मित्रता शुरु भएको थियो । उनीहरु एक साथ क्रिकेट पनि खेल्ने गर्थे ।
गतवर्ष यी दुईको ब्रेकअपको खबर पनि आएको थियो । तर यी दुईले ब्रेकअपको बारेमा केही पनि बोलेका थिएनन् । पछि फेरि उनीहरु एक साथ देखा परे । अन्तत उनीहरुको विवाह पनि हुने भएको छ ।

You might also like

Comments

Loading...