सातौँ जोडी बने विराट र अनुश्का

एजेन्सी मंसिर २६   ■ 

anushka2_1513007146अभिनेत्री अनुश्का शर्मा र क्रिकेटर विराट कोहली सोमबार वैवाहिक बन्धनमा बाँधिएका छन् । सोमबार यी दुईले ईटालीको टस्कनीमा परिवार र केही निकट साथीहरुका बीच विवाह सम्पन्न गरेका छन् । अनुश्का र विराटले विवाहलाई मिडियाबाट टाढा राखे । यतिसम्म की भारतीय सञ्चार माध्ययमहरुलाई समेत उनीहरुको विवाहको बारेमा आधिकारिक जानकारी थिएन । भारतीय अनलाईन पोर्टलमा प्रकािशत भएका खबर अनुसार त उनीहरुको विवाह १२ डिसेम्बरमा हुने कुरा थियो । तर उनीहरुले मिडियाको अनुमान विपरित ११ डिसेम्बरमै विवाह गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटर मार्फत सोमबार स्वयम अनुश्का र विराटले विवाहको आधिकारिक जानकारी दिएका हुन् । विवाहको लागि यी दुई परिवारसँग ७ डिसेम्बरमा ईटाली गएका थिए ।
यी दुईको विवाहमा दुवै परिवारका सदस्य बाहेक किक्रेटर सचिन तेन्दुलकर अभिनेता शाहरुख खान लगायत ५० जनालाई निम्ता दिईएको थियो । अनुश्काले विवाहको लागि बलिवुडबाट शाहरुख खान, अमिर खान, रणवीर कपूर, कटरिना कैफ, आदित्य चोपडा, करण जोहर, मनिष शर्मा लगायतलाई बोलाएकी थिईन् भने विराटले सचिन तेन्दुलकर, युवराज सिंह, र बाल्यकालका कोच राजकुमार शर्मालाई बोलाएका थिए । विवाहमा भने विराट र अनुश्काका परिवारका सदस्यबाहेक १५ जना अन्यको सहभागीता रह्यो ।


anushka5_1513007147दुई पटक रिसेप्शन पार्टी
अनुश्का र विराटको विवाहको दुई पटक रिसेप्शन पार्टी राखिने भएको छ । पहिलो रिसेप्शन २१ डिसेम्बरमा दिल्लीमा आफन्तहरुको लागि हुने छ भने २६ डिसेम्बरमा बलिवुड सेलिब्रेटीहरु, खेल दुनियाँका व्यक्तिहरुको लागि विशेष रिसेप्शन राखिने भएको छ ।


anushka1_1513007146दोस्रो महंगो रिसोर्टमा विवाह
यी दुईले संसारको दोस्रो महंगो रिसोर्टमा विवाह गरेका छन् जहाँ एकपटकमा जम्मा ४४ जना जान सक्छन् । उनीहरुको विवाह भएको रिसोर्टमा जम्मा २२ कोठा छन् । फोब्र्सका अनुसार ‘बोरगो फिनोसिएतो’ नामक यो रिसोर्ट संसारको महंगो २० होलीडे लोकेशनमना पर्छ । यहाँ एक हप्ता बिताउनको लागि करोडौँ खर्चिनु पर्छ । लाखौँ रुपैयाँ तिरेर मात्र रात बिताउन पाईन्छ । मे महिनामा पूर्वी अमेरिकी राष्ट्रपति बाराक ओबामा यहाँ होलीडे मनाउन आएका थिए ।


अनुश्का र विराटको जोडी सातौँ
anushka4_1513007146क्रिकेट र फिल्मी सेलिब्रेटीको यो सातौँ जोडी हो । यस अघि क्रिकेटर मंसुर अलि खान र अभिनेत्री शर्मिला टैगोर, अभिनेत्री रीना राय र किक्रेटर मोहसिन खान, किक्रेटर अजहरुद्दिन सिंह र अभिनेत्री संगीता बिजलानी, किक्रेटर हरभजन सिंह र अभिनेत्री गीता बसरा, किक्रटर युवराज सिंह र अभिनेत्री हेजल किच, किक्रेटर जहिर खान र अभिनेत्री सागरीका घाटको जोडी बाँधिएको छ ।
विराट र अनुश्का सन् २०१३ देखि प्रेममा थिए । २०१३ मा एक स्याम्पुको बिज्ञापनमा सँगै काम गर्ने क्रममा यी दुई नजिकिएका हुन् । उनीहरुको चिनजान भने त्यस अघि देखि नै थियो ।

You might also like

Comments

Loading...