मीना कुमारी बन्दै सनीलियोनी

एजेन्सी मंसिर २८   ■ 

बलिउड क्विन मिना कुमारीको जीवनीमा आधारित सिनेमा छिट्टै नै फ्लोरमा जाने भएको छ । १ अगस्ट १९३३ मा जन्मेर ३१ मर्च १९७२ मा निधन भएकी मीना कुमारीले तीन दशक लामो सिने करिअरमा झण्डै सय सिनेमामा काम गरेकी छिन् । मीना कुमारीको बायोपिकको खास कुरा अभिनेत्री सनी लियोनीले मुख्य भूमिका निर्वाह गर्ने भएकी छिन् । शुरुमा यस सिनेमाको लागि पहिलो रोजाई अभिनेत्री बिद्या बालन थिईन् । तर केहीकारण बस विद्याले सिनेमामा कामगर्न मानिनन् । बिद्याले यसमा काम गर्न नमान्दा धेरै जना अचम्म परेका छन् । किनभने यस अघि बिद्यालाई कुनै अभिनेत्रीको बायोपिकमा काम गर्न चाहनु हुन्छ ? भन्ने प्रश्नमा उनले सधैँ मीना कुमारीको नाम लिन्थिन् । तर उनले यसमा काम नगर्ने भएपछि अब सनी लियोनीले मीनाकुमारीको जीवनलाई जिवन्त पार्ने प्रयास गर्ने भएकी छिन् ।

सिनेमामा सनीले कामगर्ने कुराबारे निर्देशक करण राजदान भन्छन, “सनी सिनेमाको बारेमा थाहा पाउने बित्तिकै निकै उत्साहित भईन् । सिनेमाको बारेमा हामीले सनी सँग कुरा गर्दा उनले सिनेमाको छायाकंनमा जान हतारिएकी छिन् । कुरा स्पष्ट भन्नु पर्दा सनी मेरो पहिलो रोजाई भने हैनन् । तर अहिले उनीमात्रै यस्तो अभिनेत्री बनेकी छिन् जसले मीना कुमारीको भूमिकालाई निर्वाह गर्न तयार छिन् । सनी यो साहसी कदम उठाउन तयार छिन् ।’
निर्देशक करण राजदानले सन् १९९५ को सिनेमा‘दिलजले’ र सन् २००० को सिनेमा‘दिवाना’मा लेखकको रुपमा काम गरिसकेका छन् ।

You might also like

Comments

Loading...