आजको पञ्चाङ्ग र राशिफल

  • aries
    मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

    चन्द्रमा नै तपाईको राशीम बसेकाले गर्न थालेको काम सजिलै पुरा हुने, धनसम्पत्ति र व्यापार व्यवसाय बढ्ने तथा आफन्तजनसँग भेट हुनेछ । उत्तम समय १४ः२० देखि १४ः४४ सम्म । उत्तम रङ सेतो

  • Taurus
    बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

    प्रतिकुल समय भएकोले लाभभन्दा नोक्सानी बढी हुने । स्वास्थ्य प्रतिकुल, विवाद र बाधा अवरोध आईपर्ला । उत्तम समय १६ः४५ देखि १७ः१० सम्म । उत्तम रङ कालो

  • Gemini
    मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

    चन्द्रमा तपाईको आय स्थानमा बसेकोले धनसम्पत्ति र व्यापार व्यवसाय बढ्नेछ । उपहार नयाँ सामान तथा फसेको रकम प्राप्त होला । उत्तम समय  १२ः१० देखि १२ः३५ सम्म । उत्तम रङ हरियो

  • Cancer
    कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

    कर्म बलियो देखिन्छ । इज्जत, पुरस्कार तथा धनसम्पत्ति प्राप्ति हुने । यात्रा र रोजगारको अवसर पनि मिल्ने देखिन्छ । उत्तम समय ०७ः३५ देखि ७ः५५ सम्म । उत्तम रङ रातो

  • Leo
    सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

    भाग्य बलियो देखिन्छ । सरकारी कामकाज र रोकिएका कामहरु पनि बन्नेछन् । धर्मकर्ममा पनि मन जानेछ । उत्तम समय १६ः१५ देखि १६ः३९ सम्म । उत्तम रङ सेतो

  • Virgo
    कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

    समयले साथ नदिनाले व्यर्थै विवाद बढ्ने, स्वास्थ्य प्रतिकुल, दुर्घटना तथा चोटपटक लाग्न सक्ने दिन परेकोले सतर्क रहनु राम्रो होला । उत्तम समय  ७ः०५ देखि ७ः३० सम्म । उत्तम रङ निलो

  • Libra
    तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

    घरपरिवार, आफन्त तथा प्रेम सम्वन्ध सुदृढ हुनेछ । विद्या, वुद्धि र आयको नयाँश्रोत वृद्धि हुनेछ । उत्तम समय  ७ः१५ देखि ७ः४० सम्म । उत्तम रङ रातो

  • Scorpio
    बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

    समयले निकै साथ दिनाले धनसम्पत्तिमा वृद्धि, सन्तान तथा प्रियजनबाट लाभ मिल्नेछ । उत्तम समय  १४ः५ देखि १४ः३० सम्म । उत्तम रङ सुनौलो

  • Saggitarius
    धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

    विद्या, वुद्धि र नयाँ विचारले साथ दिनेछन् । व्यापार, व्यवसायमा वृद्धि, सन्तान तथाप्रियजनबाट लाभ मिल्नेछ । उत्तम समय  १३ः४० देखि १४ः५ सम्म । उत्तम रङ हरियो

  • Capricorn
    मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

    समय प्रतिकुल भएकोले व्यर्थै विवाद, खर्च र शत्रु बढ्नेछ । परिवारमा अशान्ति तथा स्वास्थ्य उपचारमा खर्च गर्नुपर्ला । उत्तम समय  १२ः१५ देखि १२ः४० सम्म । उत्तम रङ रातो

  • aquarius
    कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

    शरीरमा जोश, जाँगर र पराक्रम बढ्नेछ । व्यापार, व्यवसाय र धनसम्पत्ति वृद्धि, आफन्त र साथीभाईसँग भेटघाट हुनेछ । उत्तम समय १३ः७ देखि १३ः३० सम्म । उत्तम रङ पहेलो

  • Pisces
    मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

    समयले सामान्य साथ दिनेछ । खर्च र आम्दानी बराबरै जस्तो हुनेछ । आफन्त तथा मित्रजनको सहयोग मिल्नेछ । उत्तम समय बिहान १६ः५ देखि १६ः२८ सम्म । उत्तम रङ निलो

आज मिति २०७४ साल फाल्गुन १ गते मंगलबार, फाल्गुन कृष्णपक्ष त्रयोदशी तिथि राती १० बजेर ५० मिनेट सम्म (शिवरात्री) उप्रान्त चतुर्दशी तिथि । उत्तरषाढा नक्षत्र भोली बिहान ५ बजेर २३ मिनेट सम्म । सिद्धि योग छ भने गर करण रहेको छ । आजको पञ्चाङ्ग बिचार गर्दा राम्रो दिन हुनेछ, शिवरात्री परेकोले आज गर्ने कामको लागि साइत हेरी रहनु पर्दैन । काठमाण्डौमा सूर्योदय बिहान ठिक ६ बजेर ४७ मिनेटमा र सूर्यास्त सांझ ५ बजेर ५० मिनेटमा हुनेछ । आज चन्द्रमा धनु राशिमा चन्द्रमा बिहान ९ बजेर ३० मिनेट सम्म हुने हुदा पूर्व वा उत्तर फर्किएर थालनि गरकोे राम्रो हुनेछ तर ९ बजेर ३१ मिनेटबाट चन्द्रमा मकर राशिमा हुने हुदा पूर्व वा दक्षिण फर्किएर गरेको काम राम्रो ।

प्रस्तुति:ज्योतिषाचार्य पशुपति ढुङ्गाना सम्पर्क: टेलिस्कोप (०१ —४४८०७७७,९८५१११२७२२)

You might also like

Comments

Loading...