सन् २०१५मा बरिष्ठ कलाकार सुभद्रा अधिकारी विरामी, स्वस्थ्यलाभको शुभकामना २०१७ मा

सामाजिक सञ्जाल फेसबुक नेपालमा प्रयोगमा आएको झण्डै एक दशक हुन लागि सक्यो र यस्को प्रयोग दिनानुदिन बढ्दो क्रममा छ । फेसबुक अहिले हरेकको अभिन्न अंग जस्तै बन्न पुगेको छ । सामान्य व्यक्ति देखि सेलिब्रेटी , नेता सबैले प्रयोग गर्ने गर्छन् । तर बेलाबेलामा फेसबुकमा अनौठा अनौठा घट्नाहरु प्नि घट्ने गर्छ । जुन बेलाबेलामा समाचार मार्फत हामीले सुन्दै आएका छौँ । त्यस्तै एउटा रमाइलो र अचम्म लाग्दो घट्ना दोहोरिएको छ । झट्ट हेर्दा यो घट्ना सामान्य भए पनि गहन भएर सोंच्दा यसमा फेसबुक प्रयोगकर्ताको बौद्धिकता माथि नै प्रश्न खडा गर्ने खालको रहेको छ ।

कुरो हो कलाकार तथा निर्माता निर्मल शर्माको फेसबुकको तस्बिर । शर्माले सन् २०१५ मा बरिष्ठ कलाकार सुभद्रा अधिकारी बिरामी भएर नयाँ बानेश्वरमा रहेको सिभिल हस्पिटलको फोटो पोष्ट गरेका थिए । तर सोही फोटोलाई अहिले आएर देशका चर्चित कलाकार , पत्रकार र बुद्धिजीबीहरुले नै सिघ्रस्वास्थ्य लाभको कामना भन्दै कमेन्ट गरेका छन् । जबकी निर्मल शर्माले त्यो फोटो पोस्ट पुरानो हो भनेर स्पष्टिकरण सहितको कमेन्ट गरेका छन् ।

तर कलाकार सुभद्रा अधिकारी अहिले हस्पिटलमा उपचार गर्दैछन् भन्ने बुझाइ सहितको कमेन्ट आएको देख्दा सामान्यकुरा पनि ख्याल नगरी कमेन्ट गर्नेहरुको बौद्धिकता कहानेर छ भन्ने प्रश्न उठेको छ । भर्खर विरामी परेको जस्तो गरी सामाजिक सञ्जालमा स्वास्थ्यलाभको कमेन्ट पोष्ट गर्दा घरपरिवार, आफन्तजन र शुभेच्छुकलाई पर्ने असरको बारेमा कमेन्ट गर्ने फेसबुक प्रयोगकर्ताले ध्यान दिनु पर्ने हो । जबकी फोटोमा पोष्ट गरेको समय सन् २०१५ डिसेम्बर २६ भनेर स्पष्ट देखाएको छ ।

1

2

3

6

You might also like

Comments

Loading...