अभिनेता सरोज खनालको पथ्थरीको अप्रेशनः अस्पतालमा भर्ना

अभिनेता सरोज खनाल अस्पतालमा भर्ना भएका छन । खनाल मिर्गौलाको पथ्थरीको अप्रेशन पछि बल्खु स्थित बयोधा अस्पतालमा भर्ना भएका हुन ।
उनको हिजो मात्र पथ्थरीको अप्रेशन गरिएको हो । उनि केहि दिनमा डिस्चार्ज हुने अस्पतालले जनाएको छ ।

थुप्रै नेपाली सिनेमामा अभिनय गरेका खनालले पछिल्लो समय ऋषि लामिछानेको टेलिसिरीयल परिचयमा अभिनय गरि रहेका छन । यो सिरियल आईतबार राती ८ :५० बजे प्रशारण भईरहेको छ । १० बर्ष अघिको चर्चित टेलिसिरीयल फेरी प्रसारण सुरु भएको हो । निर्देशक ऋषि लामिछाने र अभिनेत्री सरिता लामिछाने १० बर्ष पछि पुनः परिचय मार्फत काँचको पर्दामा फर्किएका हुन ।

You might also like

Comments

Loading...