मदनकृष्णसँग हरिवंशले मागे माफी

बरिष्ठ हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ मंगलबार काठमाण्डौको यति एण्ड याक होटेलमा एक विशेष कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो । आत्मकथा सार्वजनिक कार्यक्रममा बोल्दै महका ह अर्थात हरिवंशले मदनलाई जीवन दाई भने । हरिवंशले यसरी मदनको नाम नै परिवर्तन गरेर सम्बोधन गर्नुको कारण मदन कृष्णप्रति उनको माया थियो । ३७ वर्ष देखि मदन कृष्णसँग सहकार्य गर्दै आएका हरिवंशले मदन कृष्णलाई जीवन साथी भन्न खोजेका थिए । तर यसको अर्थ श्रीमान् श्रीमती हुने भएको भन्दै आफूले मदनलाई जीवन दाईको रुपमा सम्बोधन गरेको बताए ।
Gufgaf (9)आफूहरुको ३७ वर्ष लामो सहकार्यका बारेमा बोल्दै हरिवंशले भने, ‘मदन दाईले मेरो राम्रो बानी र राम्रो गुणमा मात्रै सहकार्य गर्नु भएको छैन । उहाँले मेरो दुर्गुणहरुसँग पनि सहकार्य गर्नु भएको छ । यो सहकार्यमा केही गल्तीहरु भएको भए म उहाँसँग माफी माग्न चाहन्छु ।
कार्यक्रममा हरिवंशले मानिसको मात्रै नभएर बोटविरुवा, जनावर सबैको आत्मकथा हुने भन्दै खशी र रुखको आत्मकथा सुनाएर उपस्थित सबैलाई हँसाए । खसी र रुखको आत्मकथा पछि उनले नेपालको आत्कथा लेखेपछि सबैको आँखामा आँशु आउने, सबैको मन खाने बताए ।
हरिवंशले यस अघि नै आफ्नो आत्मकथा ‘चिना हराएको मान्छे’ सार्वजनिक गरिसकेका छन् । बिक्रिका हिसाबले उनको किताब झण्डै २२ लाख नेपालीले पढेको अनुमान लगाउन सकिन्छ ।
मदन कृष्णले आफ्नो ४४ औँ वैवाहिक वर्षगाँठको अवसर पारेर ‘महको म’ सार्वजनिक गरेका हुन् । मदन कृष्णले यस किताबमा आफू जन्मेदेखि अहिलेसम्मको जीवनयात्रालाई समेटेका छन् ।

You might also like

Comments

Loading...