रेडियो प्रस्तोताहरूले बनाए अचार गर्दैछन् लैङ्गिक समानताको प्रचार

एन्टेना फाउण्डेशन नेपालको कार्यक्रम ५ मिनेटमा यसपाली रेडियोकर्मीहरुले अचार बनाएका छन । अचार बनाउने कार्यक्रममा रेडियो अडियोका दिपेन्द्र खनिया, रेडियो नेपालका राम अबिरल, उज्यालोका अच्युत घिमिरे र कान्तीपुरका भुपेन्द्र खडका सहभागि थिए ।

कार्यक्रममा लैङ्गिक बिभेदको बिषयलाई उठाएर समानताको प्रचार प्रसारलाई मुख्य थिम बनाइएको छ । कार्यक्रममा महिलाहरुले गर्ने भनिएका कामहरुलाई पुरुषबाट र पुरुषले गर्ने भनिएको काम महिलाबाट गरिएका र गर्न लगाइएका कुराहरु समाबेश गरिन्छ ।

कार्यक्रम ५ मिनेटको यस अघि श्रीङखलामा टेलिभिजनका प्रस्तोताहरु ,गायकहरु फोटो पत्रकारहरु ,रयापरहरू,साझा बसमा कार्यरत महिला कर्मचारीहरु, सिनेकर्मी युवाहरु लगायत सहभागी भैसकेका छन । कार्यक्रमको प्रस्तोता बरिष्ठ सञ्चारकर्मी रविन शर्मा रहेका छन ।

You might also like

Comments

Loading...