आजको राशिफल

आज आज मिति २०७५ भाद्र ३१ गते आइतवार  को राशीफल  ।                                            

 

मेषः(चु,चे,चो,ला,ली,लु,ले,लो,अ) समय राम्रो रहेको छ । प्रेम जीवनमा खुसी मिल्नुको साथै रमाइलो यात्राको पनि अवसर मिल्न सक्छ । विलासितामा रमाउदा खर्च भने बढेर जानेछ । बिगतमा गरेको कामबाट भने राम्रो प्रतिफल पाउनु हुनेछ ।

 

वृषः(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)वृष राशिको समय मध्यम रहेकोछ, प्रतिस्प्रधीलाई सजिलै पछि पार्न सक्नु हुनेछ । जोखिम मोलेर गरेको कामबाट आज फाइदा पुग्न सक्छ । प्रेम तथा मित्रता प्रति सचेत रहनुहोला । आकस्मिक लाभ हुन सक्ने दिन छ आज

 

मिथुनः(क,कि,कु,घ,ङ,छ,के,को,ह) मिथुन राशिको आजको दिन उत्तम देखिन्छ । रमाइलो वातावरणमा मन झुम्नेछ । मिष्ठान्न भोजन तथा पार्टि तिर सामेल हुने दिन छ । मित्रजनबाट लिएको सहयोग बिशेष बन्नेछ । मन बढि नै बहकिने हुदा दिर्घकालिन असर पर्ने निर्णय नगर्नु नै राम्रो हुनेछ ।

 

 कर्कटः(हि,हु,हे,हो,डा,डी,डु,डे,डो) कर्कट राशिको आजको दिन भने  त्यति राम्रो समय छैन । खानपानले गर्दा स्वास्थमा समस्या देखिन सक्छ सचेत रहनुहोला । महत्वपूर्ण यात्रा वा कार्य नगर्नु नै राम्रो हुनेछ । आर्थिकको मामलामा धेरै नै सचेत रहनुहोला ।

 

सिंहः(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)  सिंह राशिका मानिसलाइ आजको दिन उत्तम रहेको छ । पराक्रम बढेर जानेछ । दाजुभाइबाट लिएको सहयोग विशेष बन्न सक्छ । मानसम्मान मिल्नुको साथै तपाइको सल्लाह साथीभाइका लागि उत्कृष्ठ हुन सक्छ ।

 

कन्याः(टो,प,पी,पु,ष,ण,ठ,पे,पो) कन्या राशिलाई आजको दिन बोलीमा माधुर्यता छाउनेछ । प्रेमी प्रेमीकाको सहयोग एक अर्काको लागि सहयोगी बन्नेछ । आर्थिकजन्य काममा सफलता पाउन सकिने फसेको रकम उठ्नेछ । ससुरालीको बिशेष सहयोगले महत्वपूर्ण काम बन्नेछ ।

 

तुलाः(रा,री,रु,रे,रो,ता,ति,तु,ते) तुला राशिको समय राम्रो रहेकोछ । बौद्धिकतालाई प्रयोग गरेर गरेको काममा आजको दिन बढि फाइदा लिन सक्नु हुनेछ । सन्तान तथा परीवारबाट निकै खुसी मिल्नुको साथै अध्ययनको क्षत्र सफल रहनेछ ।

 

वृश्चिकः(तो,ना,नि,नू,ने,नो,या,यु,यी) वृश्चिक राशिको आजको समय त्यति राम्रो देखिदैन । परिवारमा कलह बढ्न सक्छ । नजिकको मान्छे बाटै धोका पाउन सक्नु हुनेछ, सचेत रहनु । सवारी साधनबाट यात्रा गर्दा बढि नै सावधानि अपनाउनु होला । ब्यापारमा प्रगति राम्रो देखिदैन

 

धनुः(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धनु राशिको आजको दिन आर्थिकका बिभिन्न स्रोत पत्ता लाग्नेछ । ब्यापार ब्यवसाय फस्टाएर जाने छ । रोजगारको अवसर पाउनुको साथै नयांमानिसबाट प्रसस्त लाभ लिन सक्नु हुनेछ । पति पत्नी बिचको सम्बधमा हुनुहून्छ भने सचेत रहनुहोला । अबिस्वास बढ्न सक्छ ।

 

मकरः(भो,जा,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) मकर राशिको आजको दिन राज्यबाट बिशेष लाभ लिन सक्नु हुनेछ । कामका राम्रो अवसर पाउन सक्नुहुनेछ । पिताजीको सल्लाह आज तपाईंको लागि सहि हुन सक्छ । सामाजिक क्षेत्रमा अघि बढ्ने समय छ । आफ्नो कामले अरुलाई खुसी पार्न सक्ने हुनेछ ।

 

कुम्भः(गु,गे,गो,सा,सी,सु,से,सो,द) कुम्भ राशिको आजको दिन धार्मिक कार्यमा मन जानेछ । अरुलाई सहयोग गर्न पाउदा मनमा खुसी छाउनेछ । नयां प्रेमका संकेतहरु देखा पर्न सक्छन । महत्वपूर्ण सामान किन्न सक्नु हुनेछ । राजनैतिक क्षेत्रमा सफल हुने दिन छ ।

 

मीनः(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मीन राशिको आजको दिन त्यति शुभ देखिदैन । स्वास्थमा केही कठिनाइ देखिन सक्छ । अनावस्यक झमेलामा पर्न सक्ने हेनेछ सचेत रहनु होला । लामु दूरीको यात्रा नगर्नु नै राम्रो हुनेछ । दिर्घकालिन असर पर्ने कुनै पनि निर्णय नगर्नु राम्रो हुनेछ ।

यो हप्ताको राशिफल

फलित ज्योतिषमा आचार्य गर्नु भएका युवा ज्योतिष पशुपति ढुंगानाले प्रस्तुत गर्नु भएको साप्ताहिक राशिफल ( २०७५ भादौ २४ गते आईतबार देखि ३० गते  शनिबारसम्म ) को भविष्यबाणी यस्तो छ । युवा ज्योतिष ढुंगानाले नेपाल संस्कृत बिश्व बिद्यालय, बाल्मिकी बिद्यापीठबाट अध्ययन पुरा गर्नु भएको हो । बास्तु र ज्यातिष बिज्ञान परामर्शका लागि तपाईले शनिबार  बिहान ९ बजे र साँझ ७ बजे उहाँलाई रेडियो अडियो एफ.एम.१०६.३ मा सुन्न सक्नुहुन्छ । युट्युव च्यानल मा पनि तपाईले उहाँलाई हेर्न सक्नु हुन्छ । थप सल्लाह र जानकारीका लागि ९८५१११२७२२ मा फोन गरि समय मिलाउनुहोस् ।

 

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) शनिबार र आइतबार कार्यमा विघ्नवाधाहरु आइपर्ने, दुर्घटना तथा चोटपटककोे सम्भावना रहेकाले यात्रा नगर्नुनै वेसहुनेछ । बाँकी दिनहरु एकदम भाग्यशाली र कर्मशाली रहेकाछन् । सरकारी तथा अफिसियल कामहरु सजिलै वन्नेछ । धन तथा उपहार प्राप्ती धार्मिक तथा परोपकारी कार्यहरुमा सरीक भैइनेछ । रोजगार तथा आम्दानिका नया स्रोतहरु फेला पर्नेछन् । व्यापार व्यवसायमा पनि वढोत्तरी हुनेछ । सोमबार र मंगलबारको दिन परिबार, साथिभाई, तथा प्रेमी÷प्रेमीकाको साथ रमाइलो भेटघाट तथा घुमघाम गर्ने अवसर मिल्नाले मनमा शान्ति र मुहारमा कान्ति छाउनेछ ।

 

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )यस राशिका व्यक्तिहरुको लागि यो साता खासै लाभदायिक देखिदैन । यो साताको मंगलबारको दिन प्रतिकुल स्थानमा चन्द्रमा भ्रमण गर्नेहुदा समय प्रतिकुल रहन गएको छ । लामो यात्रा, विवाद, विवादित कार्य र जोखिमपूर्ण कार्यहरु नगर्नु नै वेस हुनेछ । शनि ग्रह, देवि र शिवजीको विशेष पूजा अर्चना गर्ने र हनुमान चालिसा पाठ गर्ने र शनिबारको दिन पिपलको वृक्षमा जल चढाउनाले अशुभ फलहरुवाट वच्न सकिन्छ ।  शनिबार र आइतबार कार्यमा सफलता आम्दानी तथा व्यापार व्यवसायमा वृद्धि, परिबार तथा प्रीयजनका साथमा खुशियालीमा दिन वित्नेछन् ।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह ) समग्रमा यस राशिका व्यक्तिहरुलाई राम्रो लाभदायीक योग छ । विभिन्न वाधा, अवरोध र विरोधीहरुलाई जितेर अगाडि वढिनेछ । कार्य सफलता धन, मान र इज्जत वढ्नेछन् । हास्य विनोद र मनोरञ्जन पूर्ण दिनहरु वित्नेछन् साथै पारिबारीक तथा प्रेम सम्वन्धमा नया उभार आउनाले मनमा शान्ति, र मुहारमा कान्ति छाउने छ । वुधबार र विहिबारका दिन समय प्रतिकुल भएकाले लामो यात्रा, विवाद, विवादित कार्य र जोखिमपूर्ण कार्यहरु नगर्नु नै वेस हुनेछ । अशुभफल वाट वच्न हनुमान र शिवजीको विशेष पुजा आराधना गर्दा शुभलाभ मिल्नेछ ।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) यो साता यस राशिका व्यक्तिहरुलाई अत्यन्तै शुभदायिक रहेको छ । ठुला ठुला कार्यहरु महत्वपूर्ण योजनाहरु, गोप्य योजनाहरुलाई साकार वनाउने हो भने यहि मौकामा सुरु गर्नु उत्तम हुनेछ । यो हप्ता मानो रोपेर मुरी फलाउने भने जस्तै यतीखेर गरेका लगानीहरुले भविश्यमा राम्रो प्रतिफल दिनेछन् । नया जुक्ति विद्या र वुद्धि वढ्ने छ । व्यापार व्यवसायमा वृद्धि हुनेछन् । आफन्तजन, परिबार, सन्तान तथा प्रियजनले साथ दिनाले मनमा उत्साह र शरिरमा  जोश जाँगर वढ्नेछ । वाधा, अवरोध र विरोधीहरु पनि पछि हट्नेछन् ।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )साताको सूरुमा केही खराव समय चलेकाले महत्वपूर्ण कार्य नगर्नुनै वेसहुनेछ । व्यर्थैमा विवाद,बाधा, अवरोध आईपर्ने, अप्रिय समाचार सुनिनेछ । गाडि, घोडा, वाहान वाट विषेश होसियारी रहनु होला । सोमबार देखि भाग्यले निकै साथ दिनाले बौद्धिक कार्यमा सफल, सन्तान, दाम्पत्य तथा प्रेमिजनले साथ दिनेछन् । फसेको रकम उठ्न सक्ने तथा व्यापार व्यवसायमा वृद्धि हुनेछ ।

 

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )तपाईहरुलाई यो साता मध्यम फलदायी छ । सनिबार देखि सोमबार सम्म धन सम्पित्त र सम्मान प्राप्ती, व्यापार व्यवसायमा वृद्धि, साथिभाई वन्धु वान्धवहरु बाट विषेश सहयोग प्राप्तहुने रमाइलो भेटघाटका कार्यक्रमहरु हुन सक्नेछन् । पारिबारीक दाम्पत्य तथा प्रेम सम्वन्ध सुमधुर हुनेछ । मंगलबार देखि विहिबार सम्म प्रतिकुल समयभएकाले कार्यमा विध्न वाधाहरु आइपर्न सक्नेछन् पारिबारीक अशान्ति वढ्न सक्नेछ । धन, सम्पत्ति र मान प्रतिष्ठामा हानि हुन सक्नेछ । शनि ग्रहको पुजा आराधना गर्दा लाभ मिल्नेछ ।

 

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते ) यो साता तपाईहरुको लागि उत्तम फलदायि रहेको छ । धन सम्पित्त, व्यापार व्यवसायमा वृद्धि हुनेछ । नसोचेको लाभहरु प्राप्तहुन सक्नेछन् । पारिबारीक,दाम्पत्य तथा सन्तान सुख प्राप्त हुनेछन् । श्रीमान् श्रीमती तथा प्रेमी प्रेमीका रमाइलो घुमघाम गर्ने अवसर मिल्नेछ । इष्ट मित्र संग भेटघाट तथा भोज भतेर र मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।

 

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) समग्रमा यस राशिका व्यक्तिहरुलाई यो साता शुभफलदायक छ । शरिरमा स्फुर्ति वढ्ने, धन सम्मान, व्यापार व्यावसायमा वृद्धि हुनेछ । पारिबारीक तथा प्रेम सम्वन्ध सुमधुर हुनाले मनमा शान्ति र मुहारमा कान्ति छाउनेछ । धक फुकाएर खर्चगरे पनि मन प्रशन्ननै रहनेछ । शुक्रबारको दिन अनावश्यक विवादहरु, कठिन यात्रा तथा सबारी साधन देखि विषेश होसियारी अपनाउनु पर्नेछ ।

 

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ) समग्रमा यस राशिका व्यक्तिहरुलाई यो साता लाभदायक रहेको छ । आर्थिक हिसावले असम्भव लाग्ने कामलाई पनि सम्भव वनाउन सकिने योगछ । लक्ष्मीनै दाहिना भएकीले व्यापार व्यावसाय र आम्दानीका स्रोतहरु वढ्नेछन । आटे ताकेको पुग्ने, पारिबारीक, दाम्पत्य तथा प्रेम सम्वन्ध सुदृढ हुनाले मनमा शान्ति र मुहारमा कान्ति छाउने छ । शनिबार र आइतबार  समय केहि खराव भएकाले मान सम्मानमा हानि हुन सक्नेछ । नसोचेका खर्चहरु वढ्न सक्नेछन्, आफन्त तथा विश्वासपात्र वाट धोका हुन सक्नेछ ।

 

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )समग्रमा यस राशिका व्यक्तिहरुलाई यो साता सर्वोेत्तम फलदायी रहेको छ । आय स्थानमा चन्द्रमा भएकाले व्यापार, व्यवसाय र धन सम्पत्ति अतुलनीय रुपले श्रीवृद्धि को सुरुवात हुनेछ । फँसेको रकम उठ्ने, मान प्रतिष्ठा वृद्धिहुने साथै उपहार प्राप्तीको योग रहेकोछ । साथिभाई, इष्टमित्र संग रमाइलो भेटघाट हुनेछ । परिबार तथा प्रेमी÷प्रेमिकाको साथ मनोरञ्जन पूर्ण भेटघाट तथा भ्रमणको योग रहेको छ । सोमबार र मंगलबारको दिन व्यय स्थानमा चन्द्रमा वसेकाले नसोचेको फजुल खर्चहरु वढेपनि आम्दानी पनि घट्ने छैन ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )यस राशिका व्यक्तिहरुलाई यो साता निकै शुभदायक रहेको छ । शरिरमा नयाँ जोश, जाँगर र स्फुर्ति वढ्नेछ । धार्मिक तथा सेवा भावमा मन जानेछ । इज्जत, प्रतिष्ठामा वृद्धिहुनेछ । अरुका लागि तथा  सामाजीक कार्यमा खर्च गर्नपाउदा मनमा आनन्द आउने छ । लक्ष्मीनै दाहिने भएकीले रोजगार, व्यापार, व्यवसायमा वृद्धिहुने, फँसेको रकमहरु उठ्नेछ । सन्तान, परिबार तथा प्रेमी÷प्रेमिकाको साथ मनोरञ्जन पूर्ण दिनहरु वित्नेछन् । साथै वुधबार र विहिबार का दिनमा नसोचेको खर्चहरु वढ्ने आफन्तजनहरुवाट धोका हुन सक्नेयोग रहेकाले होसीयार रहनु पर्नेछ ।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि ) यो सात यस राशि भएका व्यक्तिहरुलाई उत्तम फलदायि रहेको छ । सरकारी तथा कार्यलयहरुको काम वन्ने, धर्म कर्म र परोपकारमा मन जाने, धन सम्पत्ति वृद्धि, पुरस्कार तथा उपहार प्राप्तीको योग रहेको छ । मनमा उत्साह र शरिरमा जोश जाँगरका साथ परिबार तथा प्रेमी÷प्रेमीका तथा आफन्तहरुका साथ रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । साथै केहि खर्चहरु वढेपनि आम्दानी घट्ने छैन । नयाँ रोजगार तथा आम्दानीका स्रोतहरु मिल्नेछन् । व्यापारी वर्गको लागि व्यापार व्यवसायमा वृद्धि तथा फसेको रकम उठ्न सक्नेछ । तर आज शुक्रबारको दिन वृश्चिक राशिका व्यक्तिहरुलाई अष्टम स्थानमा चन्द्रमारहेका ले कार्यमा वाधा, दुर्घटना तथा चोटपटककोे सम्भावना रहेकाले यात्रा नगर्नुनै वेसहुनेछ ।

यो महिनाको राशिफल

फलित ज्योतिषमा आचार्य गर्नु भएका युवा ज्योतिष पशुपति ढुंगानाले प्रस्तुत गर्नु भएको साप्ताहिक राशिफल ९ २०७५ भादौ ३ गते आईतबार देखि ९ गते  शनिबारसम्म ० को भविष्यबाणी यस्तो छ । युवा ज्योतिष ढुंगानाले नेपाल संस्कृत बिश्व बिद्यालय, बाल्मिकी बिद्यापीठबाट अध्ययन पुरा गर्नु भएको हो । बास्तु र ज्यातिष बिज्ञान परामर्शका लागि तपाईले शनिबार  बिहान ९ बजे र साँझ ७ बजे उहाँलाई रेडियो अडियो एफ।एम।१०६.३ मा सुन्न सक्नुहुन्छ । युट्युव च्यानल forseenetworkमा पनि तपाईले उहाँलाई हेर्न सक्नु हुन्छ । थप सल्लाह र जानकारीका लागि ९८५१११२७२२ मा फोन गरि समय मिलाउनुहोस् । प्रस्तुत छ ,२०७५ भदौ महिनाको माषिक राशिफल

मेषः मेषराशिलाई यो महिना मध्यम रहेकोछ । महिना सुरुवातमा सन्तान तथा आर्थिकमा हानि हुन सक्छ सचेत रहनु होला । साताको मध्यबाट प्रतिस्प्रधीलाई आफ्नो पक्षमा पार्न सक्ने योग छ । यात्रा तथा विलाशितामा मन जानेछ । महिनाको अन्त्य तिर स्वास्थमा भने केही कठिनाई देखा पर्न सक्छ तथापि प्रेम जीवन भने सुखद रहनेछ ।  मेषराशिलाई यो महिना व्यापार व्यवशाय फस्टाएर जान सक्छ महत्वपूर्ण कामको थालनि गर्नु परे यो महिनाका बुधबारका दिन राम्रा छन् । उत्तम रङ सेतो र निलो हुनेछ ।


बृषः बृषलाई यो महिना राम्रो नै छ तथापि महिना को सुरुवातमा चोटपटको भय देखिन्छ सवारीसाधनबाट सावधान रहनुहोला । महिनाको मध्यबाट जिवन सहजरुपमा अघि बढ्नेछ । प्रेम जीवनमा खुसी थपिनेछ । मित्रबाट बिशेष साथ मिल्नेछ । कहिनाको अन्त्य तिरबाट नया“ कामको अवसर प्राप्त हुनेछ । प्रयास गर्दा बिदेश भ्रमणको पनि सम्भावना देखिन्छ । बृषलाई यो महिना महत्वपूर्ण कामको थालनि गर्नु परे बिहिबारका दिनहरु राम्रा हुनेछन्  । उत्तम रङ पहेलो र हरियो हुनेछ ।


मिथुनः मिथुन राशिलाई यो महिना त्यति राम्रो देखिदैन । कुरा काट्नेहरु सक्रीय हुनेछन् । आफन्तमानै मनमुटावको स्थिति देखिन सक्छ । महत्वपूर्ण आर्थिक लेनदेन नगर्दै राम्रो हुनेछ । तपाईंको शंकालु बानिले प्रेममा तनाव हुन सक्छ । महिना को अन्त्यबाट भने गरेको काममा सफलता मिल्नेछ । आत्माबल बढेर जानेछ । मिथुन राशिलाई यो महिना  महत्वपूर्ण कामको थालनि गर्नु परे शनिवारका दिन राम्रा हुनेछन् । उत्तम रङ कालो र निलो हुनेछ ।


कर्कटः कर्कट राशिलाई यो महिना उत्तम रहेकोछ । मान सम्मान पाउने योग छ, बोलिको प्रभावले महत्वपूर्ण काम बन्नेछ । तथापि चा“डो रिसाउने कारण आएको अवसर गुम्न सक्छ  सचेत रहनुहोला । यो महिनाको तेस्रो साताबाट अध्ययनमा सफलता मिल्दै जानेछ , आथिक कारोबार मजबुत बन्नेछ । प्रेम जिवनमा खुसी थपिनेछ । कर्कट राशिलाई यो महिना महत्वपूर्ण कामको थालनि गर्नु परे सोमवारका दिन राम्रो हुनेछ । उत्तम रङ गुलाबी र निलो हुनेछ ।


सिंहः सिंह राशिलाई यो महिना राम्रो रहनेछ । सरकारी क्षेत्रबाट लाभ लिन सकिनेछ । घुमफीर र विलाशितामा मन जानेछ । महिनाको मध्यबाट रोकिएका काम अघि बढ्नेछन् । स्थान परिवर्तनको सम्भावना देखिन्छ । मान्यजनको सहयोगले महत्वपूर्ण काम बन्नेछ । महिनाको अन्त्य तिर चोटपटको भय देखिन्छ । यात्रा गर्दा सचेत रहनुहोला । मुद्दामामिलाको काममा अघि नबढ्दै राम्रो हुनेछ । सिंह राशिलाई यो महिना महत्वपूर्ण कामको थालनि गर्नु परे मंगलवार का दिन राम्रो रहेकोछ । उत्तम रङ रातो र सेतो हुनेछ ।


कन्याः कन्या राशिलाई यो महिना शुभ देखिन्छ, आत्माबल बढ्नुका साथै रोकिएको काम बन्नेछ । दाजुभाईबाट राम्रो सहयोग मिल्नेछ । सन्तान सुख मिल्नुको साथै विदेश यात्राको अवसर प्राप्त हुन सक्छ ।  महिनाको मध्य तिर भने प्रेम जीवनमा कठिनाइ आउन सक्छ । कुरा काट्नेहरु सक्रीय हुनेछन । महिनाको अन्त्य तिरबाट काममा प्रगति हुनेछ । घर, जग्गा, सवारीसाधन जोड्ने समय छ । कन्या राशिलाई यो महिना महत्वपूर्ण कामको थालनि गर्नु परे शुक्रबारकार दिन राम्रो हुनेछ । उत्तम रङ हरियो र सेतो हुनेछ ।


तुलाः तुला राशिलाई यो महिनाको समय त्यति राम्रो देखिदैन । अनावस्यक यात्रा हुन सक्छ । प्रतिस्प्रधीहरु सक्रीय हुदा काममा अबरोध आउनेछ । महिनाको मध्यबाट मित्रजनको साथ मिल्नेछ । बोलिको प्रभावले काम बन्नेछ । धार्मिक कार्यमा मन जानेछ । सामाजिक काममा अघि बढ्न सकिनेछ । महिनाका अन्तिमका दिनहरुमा भने झुटा आरोपको सामना गर्नुपर्ला सतर्क रहनुहोला । तुला राशिलाई यो माष महत्वपूर्ण कामको थालनि गर्नु परे आइतबारका दिन राम्रो रहेको छ । उत्तम रङ गुलाबी र पहेलो हुनेछ ।


बृश्चिकः बृश्चिक राशिलाई राम्रो रहेकोछ यो महिना । आर्थिकका बाटाहरु प्रसस्तै खुल्नेछन । स्वास्थमा सुधार आउनेछ । मातापिताको साथले काम बन्नेछ । महिनाको मध्यतिर भने जिद्धीपन बढ्नाले अवसरहरु गुम्न सक्छन । धार्मिक क्षेत्रमा मन जानेछ, सामाजिक कार्यमा अघि बढ्ने दिन छ । महिनाको अन्त्य तिर पुरानो साथीभाई स“ग भेटघाट हुनसक्छ । बृश्चिक राशिलाई यो महिना महत्वपूर्ण कामको थालनि गर्नु परे सोमबारका दिन राम्रो हुनेछ  । उत्तम रङ निलो र रातो हुनेछ 


धनुः धनु राशिलाई यो महिना मध्यम रहेकोछ । काममा अनावस्यक अल्झन देखा पर्न सक्छ । तथापि महिनाको दोस्रो साताबाट सरकारी काम बन्नेछ । प्रेमी÷प्रेमिकाको साथले काममा सहज पन देखा पर्नेछ । नया“कामको थालनि हुनेछ ।महिनाको अन्त्य तिर बिगतमा फसेको रकम उठ्नेछ । नया“ साथी बनाउने अवसर पनि प्राप्त हुनेछ । धनु राशिलाई यो महिना महत्वपूर्ण कामको थालनि गर्नु परे शुक्रबारका दिन राम्रो रहेकोछ ।  उत्तम रङ पहेलो र रातो हुनेछ ।


मकरः मकर राशि हुनेहरुलाई यो महिना रमाइलो यात्रा तथा मनोरन्जनमा दिन बित्नेछ । महिनाको सुरुबाटै कामको अवसर पनि पाइएला । फसेको रकम उठ्नुको साथै अरुलाई पनि सहयोग गर्ने अवसर प्राप्त गर्नु हुनेछ । महिनाको तेस्रो साता तिर भने चोटपटकको भय देखिन्छ । सचेत रहनुहोला । ब्यारव्यसायमा भने सफलता मिल्नेछ । आफन्तस“गको सम्बन्ध अझ कसिलो भएर जानेछ । मकर राशिलाई यो महिना महत्वपूर्ण कामको थालनि गर्नु परे आईतबारका दिन राम्रो हुनेछ । उत्तम रङ कालो र निलो हुनेछ ।


कुम्भः कुम्भ राशि हुनेको लागि यो महिना त्यति राम्रो छैन । महिनाको सुरुवातमै टाउको दुखाइको समस्याले सताउने छ । प्रतिस्प्रधीहरु सक्रिय हुनेछन । ढुलमुले चरित्रको कारण अवसर गुम्न सक्छ । महिनाको मध्यबाट धार्मिक कार्यमा मन जानेछ । परिवारको सहयोगले काम बन्दै जानेछ । तथापि अन्तिम साता तिर बिगतमा गरेको गल्तीले काममा अवरोध हुन सक्छ सचेत रहनुहोला । कुम्भ राशिलाई यो महिना महत्वपूर्ण कामको थालनि गर्नु परे बिहिबारका दिन राम्रा रहेका छन् । उत्तम रङ कालो र हरियो हुनेछ ।


मीनः मीन राशि हुनेहरुको समय यो महिना तपाईंहरुको पक्षमा हुनेछ । रोजगारको राम्रो अवसर मिल्नेछ । शत्रू पराजित गरी आफू अगाडि बढ्ने समय आएकोछ । महिनाको मध्य तिर राजनैतिक क्षेत्रमा अघि बढ्ने समय छ । महिनाको अन्त्य तिर भने बिश्वास गरेका मानिसबाट धोका पाउदा मन खिन्न हुनेछ । मीन राशिलाई यो महिना महत्वपूर्ण कामको थालनि गर्नु परे मंगलबारका दिन राम्रा हुन सक्छन् । उत्तम रङ कालो र हरियो हुनेछ