gufgaf

किशोरावस्था बारे ५ कुरा 

2019/03/05   gufgaf
   

गफगाफ -  १) किशोरावस्थामा किन डन्डीफोर आउँदछ ? के यौन सम्पर्क गर्नाले डन्डिफोर कम हुन्छ ? 

डन्डिफोर किशोरावस्थामा अनुहार र ढाडमा आउने पीपले भरिएको बिबिरो हो । किशोरावस्थामा डन्डिफोर आउनु साधारण कुरो हो । शरीरको रागरस (हर्मोन) ले गर्दा छालामा तेल निकाल्ने ग्रन्थीहरुलाई क्रियाशील बनाउँदछ र यी ग्रन्थीको आकारमा बृद्धि हुन्छ । यसमा हुने चिल्लो पदार्थले गर्दा जब ग्रन्थीको छाला बाहिर खुल्ने मुखको प्वाल बन्द हुन्छ तब ती ग्रन्थीहरु पाक्छन् र पीप भरिएको डन्डिफोरमा परिवर्तन हुन्छन् । 

मुखलाई लगातार साबुन पानीले धोएर छालालाई सुख्खा पारेर सफासँग राखेमा अनुहारमा आएका डन्डिफोरलाई बढ्नबाट रोक्न सकिन्छ । तर, डन्डिफोरलाई कसै कसैले कोट्याउने, चिमोट्ने गर्ने गर्दछन् जुन बिल्कुलै गलत हो । यस्तो गरेमा पछि संक्रमण पनि हन सक्छ । 

डन्डिफोरबाट बच्न खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । जस्तै, चिल्लो पदार्थ भएको खाना, चकलेट, सुपारी, मादक पदार्थ, भुटेको, तारेको आदि खानाहरुले छाला र डण्डिफोरलाई नराम्रो असर पार्दछ । यदि त्यो अवस्था चिन्ताजनक भएमा छाला रोग विशेषज्ञ डाक्टरको सल्लाह लिनुपर्दछ । 

यौन सम्पर्क गरेपछि डन्डिफोर कम हुन्छ भन्ने धारणा एकदमै गलत कुरा हो । डन्डिफोर कम गर्न त छालालाई सुख्खा र सफा राख्नु पर्दछ । 

२) कुन रागरस (हर्मोन) ले गर्दा शरीरका विभिन्न अङ्गहरुमा रौं पलाउँदछ र किन केटीहरुको दाह्री हुँदैन ? 

टेस्टोस्टेरोन () नामक रागरस () पुरुषहरुमा अण्डकोषबाट निस्कन्छ भने महिलाहरुको डिम्बाशयबाट निस्कन्छ र महिलाहरुको तुलनामा पुरुषहरुमा ४०–६० गुणा बढी हुने गर्दछ । यो रागरस (हर्मोन) को कारणले नै शरीरका विभिन्न अङ्गहरुमा रौं पलाउँदछ । त्यसैले महिलाहरुको यो हर्मोनको मात्रा ज्यादै कम हुने भएकोले अङ्गहरुमा रौं त पलाउँछ तर, दाह्री जुङ्गा चाहिं हुँदैन । 

३) किन युवा तथा किशोर किशोरीहरु केवल साथीहरुको साथ बढी रुचाउँछन् र आफ्ना अभिभावकहरुले आफूलाई नबुझेको महशुस गर्दछन् ? 

युवा तथा किशोर किशोरीहरुले केवल साथीहरुको साथ बढी रुचाउने तथा आफ्ना अभिभावकहरुले आफूलाई नबुझेको जस्तो महशुस गर्ने अवस्थालाई हामी ‘पुस्तैनी भिन्नता’ 
(नभलभचबतष्यल नबउ) भन्दछौं । यो हरेक पिंढी र पुस्तामा, हरेक किशोर किशोरी र अभिभावकबीच देखापर्ने अवस्था हो । 

हम्रो जीवनका धेरै भागहरु छन् । त्यसमध्ये युवा तथा किशोर किशोरीले शिशु अवस्था र बाल्यावस्था मात्र पार गरेका हुन्छन् भने उनीहरुका अभिभावकले किशोरावस्थामा भोग्ने भोगाइ पनि पार गरिसकेका हुन्छन् । त्यसैले हरेक किशोर किशोरीको सोचाइ सिमित र अपरिपक्व हुन्छ भन्ने अभिभावको भावना हुन्छ । यहि भावनालाई किशोर किशोरी मान्न तयार हुँदैनन् किनकी उनीहरुले भोगेको भोगाई र देखेको कुराहरु मात्र विश्वास गर्ने मानव निहित सोचाइको विकास उनीहरुमा भइसकेको हुन्छ । त्यसैले नयाँ कुराको अनुभव गर्ने र त्यसलाई बुझेर गर्नुभन्दा पनि गरेर बुझ्नमा उनीहरु अग्रसर रहन्छन् । फलस्वरुप अभिभावक र किशोर किशोरीको आपसी सोचाइ नमिलेको जस्तो देखिन्छ । उनीहरुलाई आफ्नो उमेर समूहका व्यक्ति नै महत्वपूर्ण लाग्न थाल्छ किनकी यहाँ उनीहरुको पुस्तैनी भिन्नता देखापर्दैन । एक अर्काको सोचाइ र व्यवहारमा समानता पनि पाइन्छ । अपरिपक्व किशोर किशोरी सधैं साथीहरुसँग मात्र भेट्न जानाले कहिलेकाहिं गलत संगतमा परेर किशोर किशोरीको जीवन न्र बर्बाद भएको पनि देखिएको छ । 

त्यसैले किशोर किशारीले आफ्नो कुरा प्रष्टसँग अभिभावकलाई भन्ने क्षमताको विकास गर्नुपर्दछ र उनीहरुकै मार्ग निर्देशनमा आफ्ना रुचि र उद्देश्यको कार्यान्वयन गर्न सके हाम्रो आत्मसम्मान र अभिभावकतिरको कर्तव्य दुवै पुरा हुनेछन् । 

४) किन केटीहरु राम्री र लजालु स्वभावका हुन्छन् ? 

किशोरावस्थामा केटा र केटीहरुको बाहिरी र भित्री दुवै रुपमा विकास भएको हुन्छ । विशेषगरी यस बेला केटाहरुको अनुहारको वरिपरि र नाकको मुन्तिर आउने रांैहरुले गर्दा केटा भनेर चिनिने हुन्छ । केटीहरुको भने शरीर सुडौल हुँदै जान्छ र अनुहारमा रौहरु नआउने भएकोले उनीहरुको अनुहार केटाको भन्दा राम्रो देखिन्छ । त्यसैगरी रागरसको भिन्दै विकास क्रमले गर्दा पनि केटीहरुको छाला नरम र आकर्षक हुने गर्दछ । त्यस्तै व्यवहारमा भने लजालुपन र सम्यौता आउन थाल्छ । यो स्वभावले गर्दा नै केटीहरुले आफ्ना सन्तानलाई न्यायो माया दिन पनि सक्दछन् । 

५) किशोरावस्थाका सकारात्मक र नकारात्मक परिणामहरु के के हुन् ? 

किशोरावस्थामा हुने परिवर्तनहरुका केहि राम्रा र केहि नराम्रा असरहरु यस प्रकार छन् ः 

सकारात्मक असरहरु

  •  व्यक्ति परिपक्व हुने र आत्मसम्मान बढ्दै जाने । 
  • सामाजिक दायित्वको बोध हुने, अधिकार र कर्तव्य निर्वाह गर्न सक्ने । 
  • डअघिल्लो पुस्ताले गर्न बाँकी र गर्न नसकेका क्रियाकलापहरु किशोर किशोरीबाट पूरा हुने । 
  • नयाँ विचारधाराहरु समाजमा प्रतिपादन हुने । 


नकारात्मक असरहरु 

  • जोश र जाँगर उत्सुकतामा परिणत हुँदा कुलतमा लाग्ने, लागू पदार्थ दुव्यसन गर्ने र यौन सम्बन्धी असुरक्षित क्रियाकलापमा लाग्न सक्ने । 
  • पुस्तैनी भिन्नता (नभलभचबतष्यल नबउ) देखा पर्ने हुनाले अघिल्लो पुस्ताको कुरा नबुझेको जस्तो महशुस हुने । विशेषगरी पढाई सम्बन्धी पुस्तैनी भिन्नता देखा पर्दा अघिल्लो सिद्धान्त र प्रतिक्रियाहरुमा विश्वास नलाग्नेले समाजबाट बहिष्कृत हुनुपर्ने समस्या आईपर्न सक्छ । 
  •  एकपछि अर्को प्रयोग गर्ने बानी बसेकाहरुले कहिलेकाहिं जोखिमपूर्ण कार्यहरु गर्दछन् । जस्तै, यौनसँग सम्बन्धित कार्यहरु र लागूपदार्थ सेवन, असुरक्षित रुपमा हुन गयो भने त्यसबाट शारीरिक, मानसिक तथा सामाजिक समस्या समेत उब्जन सक्दछन् । 


ताजा समाचार
शुक्रबार चैँ किन हाफ पाईन्ट लगाएर आउँछौ..??

छोटे डनले शुक्रबारको दिनमा स्कुल जाँदा सँधैभरी हाफ पाईन्ट लगाएर 

जान
पुरा पढ्नुहोस

पैशा चोर्दा फस्यो पाँडे

गफगाफ - यस पटकको हास्य टेलिश्रिंखला भद्रगोलमा चे
पुरा पढ्नुहोस

परिक्षामा  किन दुबैजनाले फरक फरक नाम लेखेको...??

रबिन्द्र र देबेन्द्र दुईभाई एउटै कक्षामा पढ्दा रहेछन ।त्यतिकैमा

एकदि
पुरा पढ्नुहोस

यस्को लागि त पर्चा चाहिन्छ नि ल्याउनुभएको छ ??

शर्मा जी एउटा मेडिकलमा साहुजी सँग...

शर्मा जीःसाहुजी मलाई बिष दिनुन्...


पुरा पढ्नुहोस

हिजो भर्खर किन्देको हैन ??फेरि आज चैँ किन  चाहियो नि ??

हरि पर्कमा बसिरहेको थियो त्यतिकैमा हरिको ग्रलफ्रेन्ड सिता आएर..

सिताः(
पुरा पढ्नुहोस