gufgaf

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

2019/03/24   Gufgaf
   

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड सम्पन्न भएको छ । राजकुमार राव र शाहरुख खानले कार्यक्रम सञ्चालन  गरेको ६४ औँ फिल्म फेयर अवार्डमा निता संधु, मौनी रोय, जान्वी कपूर, विक्की कौशल, रणवीर सिंह, कृति सिनेन लगायतका कलाकारहरुले प्रस्तुती दिएका थिए ।

बलिउडको सबैभन्दा ठूलो र विश्वसनिय अवार्डको रुपमा हेरिने फिल्म फेयर अवार्ड २०१९ मा बलिउडकर्मीको बाक्लो उपस्थिति रह्यो ।

फिल्म फेयर २०१९ मा सिनेमा ‘सञ्जु’ मार्फत् अभिनेता रणवीर कपुरले उत्कृष्ट अभिनेताको अवार्ड हात पारे भने ‘राजी’बाट अभिनेत्री आलिया भट्ट उत्कृष्ट भइन् । त्यस्तै उत्कृष्ट सिनेमाबाट ‘राजी’ले पपुलरतर्फ अवार्ड प्राप्त गर्दा ‘अन्धाधुन’ले क्रिटिक्स अवार्ड प्राप्त गरेको छ ।

संजय लिला भंसालीको सिनेमा ‘पद्मावत’ सबैभन्दा बढी विधामा नोमिनेट भएको थियो । तर सिनेमाले चार विधामा मात्रै अवार्ड जितेको छ । त्यस्तै मेघना गुलजारको सिनेमा राजी १५ विधामा नोमिनेट भएको थियो जसले ५ विधामा अवार्ड जित्यो ।  सिनेमा अंधाधुंध र बधाई हो ११ ÷ ११ विधामा नोमिनेट भएका थिए । यी दुई सिनेमा फिल्म फेयर अवार्ड पाउनेमा पनि अगाडि नै रहेका छन् । अभिनेत्री साराअलि  खान र अभिनेता ईशान खट्टरले यो वर्षको उत्कृष्ट डेब्यु अवार्ड हात पारेका छन् ।

अवार्ड कार्यक्रममा हेमा मालिनीलाई ‘फिल्मफेयर लाइफटाइम एचिभमेन्ट अवार्ड’द्वारा सम्मानित गरिएको थियो भने दिवंगत अभिनेत्री श्रीदेवीलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’द्वारा श्रद्धाञ्जली दिइएको थियो ।

बलिउडको ठूलो अवार्ड फिल्म फेयर अवार्डका विजेताहरुको सूचि तल उल्लेख गरिएको छ ।

उत्कृष्ट अभिनेता – रणवीर कपूर (सञ्जु)

उत्कृष्ट अभिनेत्री – आलिया भट्ट (राजी )

उत्कृष्ट संवाद – अक्षत घिल्डियाल (बधाई हो)

उत्कृष्ट निर्देशक – मेघना गुलजार (राजी)

उत्कृष्ट संगीत – (पद्मावत)

उत्कृष्ट डेब्यु अभिनेत्री – सारा अली खान  (केदारनाथ)

उत्कृष्ट डेब्यु अभिनेता – ईशान खट्टर (बियोन्ड द क्लाउड)

उत्कृष्ट छायांकन – पंकज कुमार  (तुम्बाड)

उत्कृष्ट गायिका – श्रेया घोषाल ( घूमर)
उत्कृष्ट गायक – अरिजीत सिंह  (ऐ वतन)

उत्कृष्ट भिएफएक्स – जिरो

उत्कृष्ट ध्वनी – कुणाल शर्मा  (तुम्बाड)

उत्कृष्ट नृत्य निर्देशक – महेश (पद्मावत) – घूमर

उत्कृष्ट कथा – अनुभव सिन्हा (मुल्क)

उत्कृष्ट पटकथा – श्रीराम राघवन र टीम (अंधाधुन)  

उत्कृष्ट सहायक अभिनेत्री – सुरेखा सीकरी (बधाई हो)

उत्कृष्ट सहायक अभिनेता – विक्की कौशल र गजराज राव (सञ्जु, बधाई हो)

उत्कृष्ट चलचित्र (पपुलर) – राजी

उत्कृष्ट चलचित्र (क्रिटिक्स) – अंधाधुन

उत्कृष्ट अभिनेता (क्रिटिक्स) – रणवीर सिंह र आयुष्मान खुराना (पद्मावत, अंधाधुन)

उत्कृष्ट अभिनेत्री (क्रिटिक्स) – नीना गुप्ता (बधाई हो)

उत्कृष्ट डेब्यु निर्देशक – अमर कौशिक (स्त्री)


ताजा समाचार
शुक्रबार चैँ किन हाफ पाईन्ट लगाएर आउँछौ..??

छोटे डनले शुक्रबारको दिनमा स्कुल जाँदा सँधैभरी हाफ पाईन्ट लगाएर 

जान
पुरा पढ्नुहोस

पैशा चोर्दा फस्यो पाँडे

गफगाफ - यस पटकको हास्य टेलिश्रिंखला भद्रगोलमा चे
पुरा पढ्नुहोस

परिक्षामा  किन दुबैजनाले फरक फरक नाम लेखेको...??

रबिन्द्र र देबेन्द्र दुईभाई एउटै कक्षामा पढ्दा रहेछन ।त्यतिकैमा

एकदि
पुरा पढ्नुहोस

यस्को लागि त पर्चा चाहिन्छ नि ल्याउनुभएको छ ??

शर्मा जी एउटा मेडिकलमा साहुजी सँग...

शर्मा जीःसाहुजी मलाई बिष दिनुन्...


पुरा पढ्नुहोस

हिजो भर्खर किन्देको हैन ??फेरि आज चैँ किन  चाहियो नि ??

हरि पर्कमा बसिरहेको थियो त्यतिकैमा हरिको ग्रलफ्रेन्ड सिता आएर..

सिताः(
पुरा पढ्नुहोस