gufgaf

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

2019/03/24   gufgaf
   

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट कलाकार मरिचमान श्रेष्ठ बल्छी धु्र्वे र राजु पौडेल राजु मास्टर अलग भएका छन् । मरिचमान श्रेष्ठले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै मेरीबास्सै बाट अलग भएको घोषणा गरेका हुन् । स्टाटसमा मरिचमानले कार्यक्रम उत्पादक मिडिया हबसँग विविध विषयमा सहमति नभएपछि अलग हुने निर्णय गरेको बताएका छन् । मरिचमान श्रेष्ठ र राजु पौडेलले नै मेरी बास्सैको लेखन तथा निर्देशन गर्दै आएका थिए ।

 हामी मेरी बास्सै सँगै अन्य केहि प्रोजक्टको काममा पनि गरिरहेको थिइयौ । मिडिया हबका प्रमुख सोम धितालले मेरी बास्सैमा मात्रै केन्द्रित हुनुस, कि छोड्नुस भने । हामीले छाड्ने निर्णया लियौ गफगाफ सँग कुरा गर्दै राजु पौडेलले भने । याता, मिडिया हबका प्रमुख सोम धितालले सहमतिमै उनीहरु अलग भएको बताएका छन् । ‘कुनै कलाकारले छोड्दैमा कार्यक्रम बन्द हुँदैन । हामी अरु कसैलाई जिम्मेवारी दिएर पनि यसलाई निरन्तरता दिन्छौ मिडिया हबका प्रमुख धितालको भनाई थियो ।

यसअघि मिडिया हबले समयमा पैसा नदिँदा बारम्बार हास्य टेलिश्रृंखलाहरु अवरुद्ध हुने र कलाकारहरुले छोड्ने गरेका थिए । तर अहिले भने पैसाका कारण नभएको कलाकार राजु पौडेल बताउछन् । मेरी बास्सैको सुरुवात सीताराम कट्टेल धुर्मुस र केदार घिमिरे माग्नेबुढा ले गरेका थिए । उनिहरुले छाडे पछि मेरी बास्सैको लेखन तथा निर्देशनको जिम्मा राजु मास्टर र बल्छी धु्र्वेले पाएका थिए ।


ताजा समाचार
शुक्रबार चैँ किन हाफ पाईन्ट लगाएर आउँछौ..??

छोटे डनले शुक्रबारको दिनमा स्कुल जाँदा सँधैभरी हाफ पाईन्ट लगाएर 

जान
पुरा पढ्नुहोस

पैशा चोर्दा फस्यो पाँडे

गफगाफ - यस पटकको हास्य टेलिश्रिंखला भद्रगोलमा चे
पुरा पढ्नुहोस

परिक्षामा  किन दुबैजनाले फरक फरक नाम लेखेको...??

रबिन्द्र र देबेन्द्र दुईभाई एउटै कक्षामा पढ्दा रहेछन ।त्यतिकैमा

एकदि
पुरा पढ्नुहोस

यस्को लागि त पर्चा चाहिन्छ नि ल्याउनुभएको छ ??

शर्मा जी एउटा मेडिकलमा साहुजी सँग...

शर्मा जीःसाहुजी मलाई बिष दिनुन्...


पुरा पढ्नुहोस

हिजो भर्खर किन्देको हैन ??फेरि आज चैँ किन  चाहियो नि ??

हरि पर्कमा बसिरहेको थियो त्यतिकैमा हरिको ग्रलफ्रेन्ड सिता आएर..

सिताः(
पुरा पढ्नुहोस