gufgaf

‘रातो टिका निधारमा’ मा निता

2019/03/26   gufgaf
   

गफगाफ -  लामो समयको ग्याप पछि चलचित्र निर्देशनमा फर्किएका निर्देशक अशोक शर्माको चलचित्र जय भोले लाई दर्शकले औषत रुचाए । निर्देशक शर्मा आउने दशैमा प्रदर्शन गर्ने तयारीका साथ अर्को चलचित्र निर्माणमा होमिएका छन् । उनले निर्माण गर्न लागेको चलचित्रको नाम ‘रातो टिका निधारमा’राखिएको छ । जय भोले प्रदर्शनमा आउदा नै उनले अब बन्न लागेको चलचित्रको नाम घोषणा गरिसकेका थिए ।

यति बेला चलचित्रको स्किृपटमा काम भइरहेको छ । यस अघि नै निर्देशक शर्माले चलचित्रका लागी हास्य कलाकार  रबिन्द्र झा लाई फाइनल गरिसकेका थिए । यसै बिच चलचित्र ‘रातो टिका निधारमा’मा अभिनेत्री नीता ढुंगाना अनुबन्ध भएकी छन् । अभिनेत्री ढुंगानालाई अनुबन्ध गरे सँगै अब चलचित्रका लागी मुख्य अभिनेता बाहेक अन्य कलाकारको टुंगो लागिसकेको निर्देशक शर्माले बताएका छन् ।

चलचित्रका लागी अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्कामध्ये एकलाई अफर गर्ने निर्देशक शर्माको योजना छ  । चलचित्रमा अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरलाई समेत अफर गरिएको चर्चा छ । तर, यस कुराको यकिन भने भै सकेको छैन ।चलचित्रमा रबिन्द्र र नीता सँगै बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी लगायतका कलाकार फाइनल भएको बुझिएको छ ।

चलचित्र ‘रातो टिका निधारमा’मा  चलचित्र अल्लारेमा समाबेश रातो टिक निधारमा लाई रिमेक गरेर राख्ने तयारी निर्देशक शर्माको छ । पुरुषोत्तम प्रधानले खिच्ने ‘रातो टिका निधारमा’ मा शम्भुजित बाँस्कोटाको संगीत रहनेछ । 


ताजा समाचार
शुक्रबार चैँ किन हाफ पाईन्ट लगाएर आउँछौ..??

छोटे डनले शुक्रबारको दिनमा स्कुल जाँदा सँधैभरी हाफ पाईन्ट लगाएर 

जान
पुरा पढ्नुहोस

पैशा चोर्दा फस्यो पाँडे

गफगाफ - यस पटकको हास्य टेलिश्रिंखला भद्रगोलमा चे
पुरा पढ्नुहोस

परिक्षामा  किन दुबैजनाले फरक फरक नाम लेखेको...??

रबिन्द्र र देबेन्द्र दुईभाई एउटै कक्षामा पढ्दा रहेछन ।त्यतिकैमा

एकदि
पुरा पढ्नुहोस

यस्को लागि त पर्चा चाहिन्छ नि ल्याउनुभएको छ ??

शर्मा जी एउटा मेडिकलमा साहुजी सँग...

शर्मा जीःसाहुजी मलाई बिष दिनुन्...


पुरा पढ्नुहोस

हिजो भर्खर किन्देको हैन ??फेरि आज चैँ किन  चाहियो नि ??

हरि पर्कमा बसिरहेको थियो त्यतिकैमा हरिको ग्रलफ्रेन्ड सिता आएर..

सिताः(
पुरा पढ्नुहोस