‘सर्जक सम्मान २०७५’ आउने सनिवार

2018/09/10   मनोज

गफगाफ - अभिनेता तथा मोडल प्रशान्त तम्राकार, पुर्व मिस नेपाल तथा अभिनेत्री उषा खड्गी, आयुसी शाह लगायत नेपालका करिब आधा दर्जन मोडल एकसाथ सम्मानित हुने भएका छन् । नेपाल राष्ट्रिय मोडलिङ संघले आगामी शनिबार होटल अन्नपुर्णमा आयोजना गर्न लागेको ‘सर्जक सम्मान २०७५’ मा उनीहरुलाई सम्मान दिइने भएको हो । कार्यक्रममा मोडलका साथै अभिनेता अभिनेत्री, गायक गायिका, संगीतकार , चलचित्रका निर्देशक, पत्रकार, सौदर्य ब्यवसाहिका साथै राष्ट्रिय स्तरका खेलाडीलाई पनि सम्मान गरिने छ । बिभिन्न क्षेत्रमा रहेर एक दशक भन्दा बढि समय बिताएका ब्यक्तिलाई ‘सर्जक सम्मान २०७५’ बाट सम्मानित गर्न लागेको आयोजक नेपाल मोडलिङ संघका केन्द्रीय अध्यक्ष दिनेश शाहीले बताए ।


अमेरिकामा पनि साखा बिस्तार गरेको खुसी साट्ने उदेश्यले आयोजन ागर्न लागिएको कार्यक्रममा संघले आगामी नोभेम्बरमा अमेरिकामा आयोजना हुने नेपाल मोडलिङ अवार्ड २०७५ को पनि बिभिन्न पक्षबारे जानकारी गराउने जनाएको छ । ललितपुरको कुपन्डोलमा रहेको नेपाल मोडलिङ संघले अमेरिकाको ब्रुमफिल्ड कोलराडोमा नवराज श्रेष्ठको अध्यक्षमा आफ्नो साखा बिस्तार गरेको हो । श्रेष्ठ युएसए चलचित्र संघका अध्यक्ष पनि हुन् । देशको सातै प्रदेशमा साखा बिस्तारको तयारी समेत गरेको संघले अमेरिकाको साखासँगको सहकार्यक्रम अमेरिकामा अवार्ड गर्न लागेको हो । मोडलिङमा लागेकालाई प्रेरणा र हौसला प्रदान गर्ने उदेश्यले संघले अवार्ड आयोजना गर्न लागेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।


ताजा समाचार

अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???

कुनै एउटा गाउँमा रामबहादुर नाम गरेको मानीस र उसको श्रीम पुरा पढ्नुहोस

नेपालकी पहिलो नायिकाको “साइनो”

गफगाफ - नेपालको पहिलो नायिका भुवन चन्दल पुरा पढ्नुहोस

म आज सम्म एकदिन पनी बिरामी भको छैन....

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा स्वास्थ्यको बा पुरा पढ्नुहोस

विहेपछि ५० करोडको घरमा बस्दै रणवीर दीपिका

गफगाफ - अभिनेत्री दीपिका  पादुकोण र अभ पुरा पढ्नुहोस

थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......


मुन्द्रे चैँ स्कुलमा सबै(अरु साथीहरु र शिक्षकको)नजर पुरा पढ्नुहोस