रहरै रहरले दौडिएको मुन्द्रेको रामकहानी

2018/09/10   Tek

गफगाफ - हाँस्यकलाकार जितु नेपालले हालै मात्र प्रबल जनसेवा श्री जस्तो गरिमामय पदक प्राप्त गरे । उनले नेपालको पहिलो महिला राष्ट्रपति बिद्यादेवी भण्डारीको हातबाट यो पदक प्राप्त गरेका हुन् । उनले नेपाली कलाकारिताको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकारले यो पदक प्रदान गरेको हो । यो पदक पाईसकेपछि जितुले भने, राज्यले यसरी सम्झिनु खुशीको कुरा हो । म त एउटा साधारण मान्छे हुँ । साधारण कलाकार हुँ ।  राज्यले यसरी सम्झिनु ठूलो कुरा हो । मलाई जस्तै अन्य कलाकारलाई पनि राज्यले सम्झिदै जाओस् । अहिले त म खुशी सँगसँगै अलिकति दुखी पनि छु । किनभने यो पदक मलाई जुन प्रकारले सम्माननिय राष्ट्रपति ज्यूुले त्यति ठूलो कार्यक्रममा लगाईदिनु भएको छ त्यसको  गरिमा चाहि मैले जोगाउन पाउँ । सकुँ । अहिले मलाई अलि बढी जिम्मेवारी बोध भएको छ । अब अझै राम्रो काम गर्न पाउँ भन्ने भाको छ । देशले मलाई जसरी सम्झेको छ । मैले पनि त्यसरी नै देशको लागि केही गर्न पाउँ भन्ने भएको छ । देशलाई केही योगदान गर्न पाउँ भन्ने लागेको छ ।

सिन्धुपाल्चोकमा जन्मेका जितुको बाल्यकाल उतै बिताए । मध्ययम वर्गिय परिवारमा  जन्मेका उनी परिवारको कान्छो छोरा हुन् । उनका ५ जना दाजु  र एक जना दिदी छन् । जितुले एस एल सी पछि काठमाण्डौको यात्रा तय गरे । उनको बाल्यकाल मेलापात र गोठालो गरेरै बित्यो । यहि काम र समान्य जीवनमा रमाएका जितुले बाल्यकालमा कलाकार बन्ने भन्ने बारेमा सोचेका थिएनन् । उनले कलाकार बन्नको लागि केही तयारी पनि गरेका थिएनन् । उनको परिवारकोृ कोही यस क्षेत्रमा पनि थिएनन् जसले उनलाई  कलाकार बन्न रहर जागोस् । यहि  कारण पनि उनको  कलाकारिता प्रवेश निकै नै चाख लाग्दो छ ।


टेलिभिजनमा अनुहार देखाउने रहरले उनको यस क्षेत्रमा प्रवेश भयो । तर उनको त्यो रहरनै उनको मुख्य पेशा बन्न पुग्यो । बाल्यकालमा के बन्ने  भन्ने त्यस्तो साचै थिएन । उनमा मात्र पढौँ, घरमा राम्रो गरौँ भन्ने मात्र थियो । पछि एसएलसी पास गरेपछि क्याम्पस पढ्नी अनि काठमाण्डौमै जागिर खाने हिसाबले जितुले सिन्धुपाल्चोक देखि काठमाण्डौको यात्रा तय गरे ।  काठमाण्डौमा आएपछि  उनले चावहिलमा सुपथ मुल्य पसलमा काम गर्न थाले । यहि  काम गर्ने क्रममा उनको टेलिभिजनमा अनुहार देखाउने रहर पूरा भयो । उनले पहिलो पटक सन्तोष पन्तको सिरियल आज भोलिका कुरामार्फत टेलिभिजनमा आउने मौका पाए । यो उनको लागि सुनौलो मौका थियो । उनले सन्तोष पन्तसँगै पहिलो सिन र सम्वाद बोले । उनी भन्छन्, यो कुरामा त मैले मुहानै फेला पारेँ । यो सबैभन्दा ठूलो कुरा हो ।  पहिलो पटक सिरियलमा सम्वाद बोल्दा र अभिनय गर्दा उनको रहर पूरा भएको थियो । त्यस बखत उनले कलाकारितामा अघि बढ्ने र यसलाई नै मुख्य पेशा बनाउने बारेमा सोचेकै थिएनन् ।   
त्यसको एक वर्ष पछि सम्म पनि उनलाई रहर मात्र पूरा  भए जस्तो लाग्थ्यो ।  तर विस्तारै सबैले चिन्न थाले । अनि उनलाई रहर बढ्न थाल्यो । सन्तोष  पन्तसँग टिभिमा देखिँदा गाउँतिर पनि कुरा हुन थाल्यो ओहो यो त टिभिमा पुग्यो भन्ने भयो । सबैको यस्तो कुराहरु सुन्दा सुन्दै उनको रहर झन् झन् बढेर गयो । तर उनलाई काम गर्नु पर्ने बाध्यता थियो । कलाकारितामा मात्रै पूरा समय दिन पाउने अवस्थामा उनी थिएनन् । यहि कारण उनले अन्य कामहरु पनि गरे । उनले यो क्रममा तरकारी पसल गरे । उनले त्यसताका गार्मेन्टमा पनि काम गरे । चिया पत्तिको मार्केटिङमा पनि उनले काम गरे । घरमा बिजुलीको  पाईपहरु बिछ्याउने कामको अनुभव पनि उनले गरेका छन् । दैनिक जीवनयापन गर्न उनलाई काम गर्नै पर्थ्यो । अनि उनले कामसँगै पढाइलाई पनि अघि बढाए ।  सिरियल खेल्ने रहरले उनी रात दिन नभनी कामहरु गर्थे र दिउँसोको समय सिरियलमा दिन्थे ।  


 पछि  उनले दिनेश डिसीको ट्याक्क टुक्कमा काम गरे । काम गर्दै जाँदा अनुभव बटुल्दै जाँदा उनले गीतान्जलीमा पनि काम गरे । यहि क्रममा उनलाई कलाकार केदार घिमिरे र सीताराम कट्टेलले अर्को आफ्नै सिरियल बनाउने कुरामा जोड दिए । अनि  जितुले आफ्नै लेखन र निर्देशनमा जिरे खुर्सानीको शुरुवात गरे । जिरे खुर्सानीको जन्म भएसँगै जितुको पनि नयाँ जन्म भयो । उनको नयाँ नामको न्वारन भयो जसले उनलाई स्थापित बनाईदियो । त्यो नाम थियो जिरे खुर्सानीको एउटा पात्र मुन्द्रे ।यहि सिरियल पछि उनी मुन्द्रेको रुपमा स्थापित भए र उनको कलाकारिता अगाडि बढ्यो ।  जुन अहिले पनि कायमै छ ।  लामो समय देखि उनले कलाकारितामा दिएको यहि योगदानका कारण नेपाल सरकारले पनि उनलाई सम्मान गरेको छ  । पछिल्लो समय उनी सिनेमामा व्यस्त छन् ।  यतिबेला उनले अभिनय गरेको सिनेमा रामकहानी प्रदर्शनमा आएको छ । त्यस्तै उनको मुख्य भूमिका रहेको सिनेमा छक्का पञ्जा ३ दशैँको अवसर पारेर प्रदर्शनमा आउँदैछ । करिअरमा सफल जितु विज्ञापनहरुमा पनि सफल छन् । उनको चर्चा र सफलता देखेर उनलाई नेपालका चर्चित कम्पनीहरुले आफ््नो ब्राण्ड प्रचारको लागि उनलाई प्रयोग गरिरहेका छन् ।
जितु अहिले सानिमा लाईफ ईन्स्योरेन्स, नेपाल एयरलायनस जस्ता ठूला कम्पनी र अन्य केही ब्राण्डका ब्राण्ड एमबेस्डर बनिसकेका छन् ।


ताजा समाचार

अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???

कुनै एउटा गाउँमा रामबहादुर नाम गरेको मानीस र उसको श्रीम पुरा पढ्नुहोस

नेपालकी पहिलो नायिकाको “साइनो”

गफगाफ - नेपालको पहिलो नायिका भुवन चन्दल पुरा पढ्नुहोस

म आज सम्म एकदिन पनी बिरामी भको छैन....

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा स्वास्थ्यको बा पुरा पढ्नुहोस

विहेपछि ५० करोडको घरमा बस्दै रणवीर दीपिका

गफगाफ - अभिनेत्री दीपिका  पादुकोण र अभ पुरा पढ्नुहोस

थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......


मुन्द्रे चैँ स्कुलमा सबै(अरु साथीहरु र शिक्षकको)नजर पुरा पढ्नुहोस