बिग बोस सिजन १२, सलमानको पारिश्रमिक ३ सय ६४ करोड

गफगाफ- अभिनेता सलमान खान बलिवुड सिनेमा उद्योगका महंगा  अभिनेता हुन् । उनी ठूलो पर्दामा मात्रै हैन सानो पर्दा अर्थात टेलिभिजनमा पनि महंगा छन् । सलमानले ठूलो पर्दासँगै सानो पर्दामा पनि केही शोहरु सञ्चालन गर्दै आएका छन् जसमध्येको एक हो बिग बोस । बिग बोस शुरु हुने समयमा हरेक वर्ष उनको पारिश्रमिकको पनि उत्तिकै चर्चा हुने गर्छ । यस वर्ष पनि बिग बोस सिजन १२ शुरु हुनै लाग्दा उनको पारिश्रमिकको चर्चा शुरु भएको छ ।
 
गत सिजनमा प्रति एपिशोड ११ करोड पारिश्रमिक लिएका सलमानले यो वर्ष आफ्नो पारिश्रमिकमा बृद्धी गरेका छन् । उनले बिग बोसको एक एपिशोड सञ्चालन गरेको १४ करोड पारिश्रमिक लिने खबर बाहिरएको छ ।यस हिसाबले उनले एक सिजनमा सञ्चालन गर्ने २६ एपिशोडबाट ३ सय ६४ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिनेछन् । चाख लाग्दो कुरा के छ भने यो पारिश्रमिक सलमानले मागेजति भने हैन । उनी हरेक वर्ष शोको चर्चा र टिआरपी हेरेर आफ्नो पारिश्रमिक बढाईरहेका हुन्छन् । यो वर्ष उनले एक एपिशोडको १९ करोडको माग राखेका थिए ।

पछि सलमान प्रति एपिशोड १४ करोडमा काम गर्न तयार भएका छन् । जानकारी अनुसार यो वर्ष बिग बोसका सहभागीलाई पनि कम पारिश्रमिक दिईने भएको छ । बिग बोस सिजन १२ मा २१ प्रतियोगि रहेनछन् । जसमा तीन आम जोडी र ३ सेलिब्रेटी जोडी हुनेछन् ।  त्यस्तै ९ जनाले एक्लै यसमा भाग लिन पाउनेछन् ।
 


ताजा समाचार

धुर्मुसको नालिबेली

गफगाफ - हाँस्यकलाकार सिताराम कट्टेल ९धुर्मुस० पुरा पढ्नुहोस

इन्टु र मिन्टुको माँया यसरी पोखियो [भिडियो]

गफगाफ - असोज ५ गते बाट अल नेपाल प्रदर्शनको तयारी पुरा पढ्नुहोस

काजल क्रियसन पाँचौ बर्षमा प्रवेश  

गफगाफ - राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा&n पुरा पढ्नुहोस

सक्षम डाक्टर नेपाल मै छन – मदनकृष्ण श्रेष्ठ

गफगाफ - वरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श् पुरा पढ्नुहोस

पोस्टरमा यस्तो देखियो छक्का पञ्जा ३ 

सिनेमा छक्का पञ्जा ३ को पहिलो पोस्टर सार्वजनिक भएको छ । पुरा पढ्नुहोस