gufgaf

सलमानले आफ्ना बारेमा दिएको बयान चित्त नबुझ्दा प्रियंकाले पनि फर्काइन् जवाफ

2018/09/14   मनोज
   

गफगाफ - अभिनेत्री प्रियंका चोपडाले सलमान खानको फिल्म ‘भारत’ छोडेपछि प्रियंकासँग सलमान खान यति रिसाएका छन कि उनी प्रियंकालाई कुरा सुनाउन कुनै पनि कसर छोडिरहेका छैनन । केही समययता सलमान खानले विभिन्न कार्यक्रममा जाँदा प्रियंकाको बारेमा आफ्नो मनमा लागेको कुरा पोखिहाल्छन् । प्रियंकाले अन्तिम समयमा आएर झुठो बहाना बनाएर फिल्म छोडेर धोका दिएको बारेमा भनिरहन्छन् । 

सलमानले यसरी आफूलाई धोकेबाज भन्दै विभिन्न कार्यक्रममा आफ्ना बारेमा बयान दिइरहेको देखेर प्रियंकाले पनि जवाफ फर्काएकी छिन् । खबरहरुका अनुसार प्रियंकाले फिल्म ‘भारत’ उनको विवाहका लागि वा कुनै हलिउड फिल्मका कारण छोडेकीे होइनन् । उनले ‘भारत’ छोड्नुको कारण अभिनेत्री तब्बु र दिशा पाटनी हुन् । फिल्म ‘भारत’ मा प्रियंकालाई साइन गर्दा उनी मात्रै फिल्मकी अभिनेत्रीको रुपमा थिइन । तर पछि अप्रत्याशित रुपमा अभिनेत्री तब्बु र दिशा पाटनीले पनि फिल्म ‘भारत’ मा एन्ट्री गरेपछि प्रियंकालाई तनाव भएको थियो ।

यसका साथै प्रियंकाले सलमान खानका कारण पनि भारत छोडेको बताएकी छिन् । प्रियंकालाई फिल्म छायाँकंनका क्रममा सलमान खानको सेटमा निर्धारित समय भन्दा ढिलो पुग्ने बानीका कारण उनी पहिल्यैदेखि वाक्क दिक्क थिइन् । प्रियंकालाई हलिउड फिल्ममा काम सुरु गरेदेखि हरेक कुरा समयभित्रै पूरा गर्ने  बानी भइसकेको छ । तसर्थ आफू सलमान खानको ढिलो गरी सेटमा उपस्थित हुने बानीलाई लामो समयसम्म झेल्न नसक्ने लागेर पनि उनले भारत छोड्ने निर्णय लिएको बताएकी छिन् । 

एकातिर सलमान खान प्रियंकाले अन्तिम समयमा आएर फिल्म ‘भारत’ छोडेर धोका दिएको भन्दै विभिन्न बयान दिइरहेका बेला प्रियंकाको तर्फबाट पनि यस किसिमका बयान आउदा अहिले यी दुवैबीचको सही र को गलत भन्ने कुराको हानथाप भइरहेको कुरा प्रष्टै बुझिन्छ । अब सलमानको बयानहरु प्रति प्रियंकाले दिएको यस किसिमको जवाफलाई सलमानले कसरी लिनेछन् त्यो त आगामी दिनमा नै थाहा हुनेछ । अहिले फिल्म ‘भारत’ मा प्रियंकाले छोडेको भूमिका अभिनेत्री कट्रिना कैफले गरिरहेकी छिन् । प्रियंका चोपडाले पनि उनको बलिउड फिल्म ‘स्काई इज पिंक’ को छायाँकंनको काम सुरु गरिसकेकी छिन् ।

       गफगाफ डटकम  र  उज्यालोअनलाइन  को सहकार्य 


ताजा समाचार
शुक्रबार चैँ किन हाफ पाईन्ट लगाएर आउँछौ..??

छोटे डनले शुक्रबारको दिनमा स्कुल जाँदा सँधैभरी हाफ पाईन्ट लगाएर 

जान
पुरा पढ्नुहोस

पैशा चोर्दा फस्यो पाँडे

गफगाफ - यस पटकको हास्य टेलिश्रिंखला भद्रगोलमा चे
पुरा पढ्नुहोस

परिक्षामा  किन दुबैजनाले फरक फरक नाम लेखेको...??

रबिन्द्र र देबेन्द्र दुईभाई एउटै कक्षामा पढ्दा रहेछन ।त्यतिकैमा

एकदि
पुरा पढ्नुहोस

यस्को लागि त पर्चा चाहिन्छ नि ल्याउनुभएको छ ??

शर्मा जी एउटा मेडिकलमा साहुजी सँग...

शर्मा जीःसाहुजी मलाई बिष दिनुन्...


पुरा पढ्नुहोस

हिजो भर्खर किन्देको हैन ??फेरि आज चैँ किन  चाहियो नि ??

हरि पर्कमा बसिरहेको थियो त्यतिकैमा हरिको ग्रलफ्रेन्ड सिता आएर..

सिताः(
पुरा पढ्नुहोस