gufgaf

कलाकारहरु जाे अमेरिकाकाे बसार्इ त्यागेर स्वदेश फर्किए

2018/09/19   मनोज दाहा
   

गफगाफ - नेपालमा धेरै कलाकारहरु छन् । उनीहरु आफू देशका निम्ति कलाकारिता क्षेत्रमा लागेको बताउने गर्छन् । तर नेपाली कलाकारिता क्षेत्र विदेशिनका निम्ति एउटा अवसर खोजी गर्ने माध्यमका रुपमा विकास भइरहेकोे छ । सबैमा यो कुरा लागू नहुन सक्छ । तर धेरै कलाकार कलाकारिता क्षेत्रलार्इ माध्यम बनाएर देशबाट पलायन हुने गरेका छन् । नेपाली सिने बजारमा यस्ता प्रशस्तै उदाहरणहरु भेट्न सकिन्छ । यी हुन् लामो समय अमेरिका जस्तो सम्पन्न देशको बसाइपछि आफ्नै मातृभूमि फर्किएर कलाकारिता क्षेत्रलाई नै निरन्तरता दिइरहेका केही चर्चित कलाकारहरु :


प्रियंका कार्की

लामो समयको अमेरिका बसाइपछि नेपाल फर्किएकी नायिका हुन प्रियंका कार्की । 

उनले अमेरिकामै बसेर स्नातकसम्मको अध्ययन गरेकी थिइन् । उनले अमेरिकाको बसाइमै विवाह समेत गरिन् । उनी उतै सेटल भैसकेकी थिइन् ।  तर पछि आफ्ना श्रीमानसँग सम्बन्धविच्छेद गरेर नेपाल फर्किइन् । नेपाल फर्किए प्रछि उनले अभिनय यात्रालाई नै निरन्तरता दिइन् । उनी अभिनयसँगै गायनमा पनि उत्ति नै रुची राख्छिन् । प्रियंका नृत्यमासमेत निकै माहिर मानिन्छिन् । हाल प्रियंका नेपाली सिने क्षेत्रको  सर्वाधिक व्यस्त नायिकाका रुपमा स्थापित भएकी छिन् ।  उनले कलाकार आयुष्मान देशराज जोशीसँग टिकोटालो गरिसकेकी छिन् । 

करिष्मा मानन्धर 

करिष्मा मानन्धर पनि अमेरिकाको लामो बसाइपछि नेपाल फर्किएकी हुन् । उनी नेपाल फर्किएपछि अभिनयसँगै राजनीतिमा समेत सकृय भएकी छिन् ।

त्यस समय निकै व्यस्त नायिकाका रुपमा स्थापित मानन्धरलाई सुन्दर नायिकाका रुपमा समेत चिनिन्छ ।उनले अभिनय गरेको पहिलो चलचित्र सन्तान हो । सन्तानमा उनले बालकलाकारको भूमिका निर्वाह गरेकी थिइन् । नेपाली कथानक चलचित्र कस्तुरीमा काम गरेपछि उनले त्यस समयका निकै चर्चित चलचित्र निर्देशक बिनोद मानन्धरसँग विवाह गरिन् । विवाहपछि उनी चर्चाको शिखरमा पुगिन् । यसै कारण उनलाई करिश्मा केसी भन्दा करिश्मा मानन्धरकै नामले चिनिन्छ । उनको एउटी छोरी –कविता मानन्धर) पनि छिन् । अमेरिकाबाट फर्किएपछि करिष्मा आफैं पनि चलचित्र निर्माणमा सकृय भएकी छिन् । 

सरोज खनाल

कलाकार सरोज खनाल पनि अमेरिकाको लामो बसाइपछि नेपाल फर्किने कलाकार हुन् । 

नेपालफर्किए लगत्तै उनी पुन कलाकारिता क्षेत्रमा सकृय भएका छन् । सरोज खनालले अभिनय गरेको पहिलो चलचित्र विजय पराजय हो । यो चलचित्रपछि उनले चोट, अरुणिमा,चोखो माया, तपस्यालगायत २ दर्जनभन्दा धेरै चलचित्रमा अभिनय गरिसकेका छन् ।

यमन श्रेष्ठ

यमन श्रेष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठका छोरा हुन् । उनी अध्ययनका निम्ति अमेरिकामा बस्दै आएका थिए । उनले विवाह समेत अमेरिकामै गरेका थिए ।

यमन अमेरिकामा रहँदासम्म कलाकारिता क्षेत्रबाट टाढा थिए । तर संगीत र कलाकारिता क्षेत्रमा उनी अत्यन्तै रुचि राख्ने गर्थे । उनलाई अमेरिकामा बस्न फिटिक्कै मन थिएन । तर छोरीको भविष्यले उनलाई घरी घरी झस्काउने गथ्र्यो । नेपालमा यमनकी आमालाई क्यान्सर रोगले च्यापेपछि यमन आफ्ना श्रीमती तथा छोरी समेतलाई लिएर नेपाल फर्किएका थिए, त्यो पनि अब अमेरिका नफर्किने गरी । उनी नेपाल फर्किएपछि भने गीत संगीत तथा अभिनयमा नै रमाउन थालेका छन् । उनी नेपाल फर्किएपछि उनलाई फेरि आफ्नै भविष्यका कुराले घरी घरी पीडा दिन थाल्यो । उनले एमबिएसम्मको अध्ययन गरेका थिए । तर कतै गएर जागीर खाने मन पटक्कै थिएन । उनी कलाकरिता तथा संगीतका क्षेत्रमा नै रमाउन चाहन्थे । त्यसपछि उनले केदार घिमिरे माग्ने बुढासँगको सहकार्यमा टेलिचलचित्र खासखुसमा कथा लेखन तथा अभिनय गर्न थाले ।

राजाराम पौडेल

राजाराम पौडेल पछिल्लो समयका निकै व्यस्त हास्यकलाकारका रुपमा चिनिन्छन् । उनी पनि अमेरिकाको करिब ७ वर्षको बसाइपछि नेपाल फर्किएर आएका हुन् । त्यो समय नेपालमा द्वन्द्वकाल चलिरहेको थियो । 

देशमा भएको राजनैतिक गतिविधिले आफ्नो छोराको भविष्यलाई लिएर निकै चिन्तित हुने गर्थे राजाराम । अन्तत छोराको भविस्यलाई लिएर उनले अमेरिका जाने निर्णय गरे । उनी पनि अमेरिकामा छोराको साथमै रहन थाले । छोराले अध्ययन पूरा गरेपछि उनले छोरालाई अष्टेलिया पठाए । उनी अमेरिका रहरले बसेका थिएनन् । जब छोरा त्यहाँबाट अष्टेलियातिर लागे । उनले पनि आफू नेपाल नै फर्कने निर्णय गरे । अन्तत राजाराम अमेरिकाबाट नेपाल फर्किए र कलाकारिता क्षेत्रमा नै आफुलाई सुम्पिए । नेपाली टेलिचलचित्र जीरे खुर्सानीबाट उनी दर्शकको प्यारो बने । हाल राजाराम विभिन्न ठूला तथा साना पर्दाका चलचित्रहरुमा निकै व्यस्त रहेका छन् ।

गौरी मल्ल

नेपाली चलचित्र क्षेत्रकी एक चर्चित अभिनेत्री हुन् गौरी मल्ल । उनी पनि लामो समयको अमेरिका बसाइपछि नेपाल फर्किएकी हुन् ।

उनले धेरै नेपाली र केही विदेशी चलचित्रमा समेत काम गरिसकेकी छिन् । अभिनेत्री गौरी मल्लले सन् २००२ मा नेपालको ‘मोसन पिक्चर अवार्ड’ प्राप्त गरेकी थिइन् । त्यस्तै नेपालमा २००३ मा पहिलोपटक भएको लक्स फिल्म अवार्डमा उनले ‘उत्कृष्ट सहायक अभिनेत्री’को अवार्ड पनि प्राप्त गरेकी थिइन् । अमेरिकाबाट नेपाल फर्किएपछि उनी पुन कलाकारिता क्षेत्रमै सकृय भएर लागिरहेकी छिन् । 

रमेश उप्रेती

रमेश उप्रेती कलाकार गणेश उप्रेती र तुलसा उप्रेतीका सन्तान हुन् । उनी पनि अमेरिकाको बसाइलाई त्याग्दै नेपाल फर्किएर अभिनयमै रमाएका कलाकार हुन् । 

चलचित्र क्षेत्रमा त्यति जम्न नसकेका कलाकार हुन रमेश । तर पनि रमेश चलचित्र क्षेत्रमै संघर्ष गरिरहेका छन् । रमेश आफैंले पनि ऐश्वर्य नामक चलचित्र निर्माण गरिसकेका छन् । रमेशले अभिनय गरेको पहिलो चलचित्र रगत हो । नेपाली कथानक चलचित्र रगतमा उनले भिलेनको रोल निर्वाह गरेका छन् । त्यसपछि बनेको चलचित्र पराइ घर मा भने उनले नायकको भूमिका नै निर्वाह गरेका थिए । उनी आफैंले निर्माण गरेको चलचित्र ऐश्वर्याबाट उनी उत्कृष्ट अभिनेताका रुपमा सम्मानितसमेत भएका थिए ।


ताजा समाचार
शुक्रबार चैँ किन हाफ पाईन्ट लगाएर आउँछौ..??

छोटे डनले शुक्रबारको दिनमा स्कुल जाँदा सँधैभरी हाफ पाईन्ट लगाएर 

जान
पुरा पढ्नुहोस

पैशा चोर्दा फस्यो पाँडे

गफगाफ - यस पटकको हास्य टेलिश्रिंखला भद्रगोलमा चे
पुरा पढ्नुहोस

परिक्षामा  किन दुबैजनाले फरक फरक नाम लेखेको...??

रबिन्द्र र देबेन्द्र दुईभाई एउटै कक्षामा पढ्दा रहेछन ।त्यतिकैमा

एकदि
पुरा पढ्नुहोस

यस्को लागि त पर्चा चाहिन्छ नि ल्याउनुभएको छ ??

शर्मा जी एउटा मेडिकलमा साहुजी सँग...

शर्मा जीःसाहुजी मलाई बिष दिनुन्...


पुरा पढ्नुहोस

हिजो भर्खर किन्देको हैन ??फेरि आज चैँ किन  चाहियो नि ??

हरि पर्कमा बसिरहेको थियो त्यतिकैमा हरिको ग्रलफ्रेन्ड सिता आएर..

सिताः(
पुरा पढ्नुहोस